अपर तामाकोशीको बिजुली जोडिने प्रसारण लाइनको लागि जग्गा प्राप्ति कार्य सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 08:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा निर्माण गरिरहेको तामाकोशी-काठमाडौँ २२०/४०० केभी प्रसारण लाइनको लागि जग्गा प्राप्तिको कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले सो आयोजनाको लागि दोलखामा पर्ने जग्गा प्राप्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो 

यस आयोजनाले दोलखाका मेलुङ गाउँपालिका, सैलुङ गाउँपालिका, भिमेश्वर नगरपालिकाका ३६६ जना वासिन्दाहरुको नाम, थर, ठेगाना र क्षेत्रफ़ल सहित सार्वजनिक सूचना प्रकाशन गरेको हो । आयोजनले प्रसारण  लाइन निर्माणको लागि आफ्नो जग्गा पर्ने जग्गाधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भोगचलनको प्रमाण सहित मुआब्जा दाबी गर्नको लागि निवेदन दिन आग्रह गरेको छ । प्रसारण लाइन आयोजनाको कार्यालय खरिपाटी भक्तपुर वा आयोजनाको साइट कार्यलय चरिकोटमा निवेदन दिन सकिने छ । 

न्यु खिम्तीदेखि काठमाडौँसम्म बन्ने प्रसारण लाइनबाट अपर तामाकोशी सहित रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा निर्माणाधीन अन्य आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । तामाकोशीले आयोजना सम्पन्न भई विद्युत उत्पादन गर्न थालेपनि यो प्रसारण नबनेसम्म आयोजनाको विद्युत खेर जाने छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved