महासंघलाई बस्तुगत संघहरुले भने, ‘हाम्रा क्षेत्रका समस्या समाधानमा महासंघको पहल चाहियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2022 | 03:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य बस्तुगत संघका पदाधिकारीहरूले आफ्ना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न महासंघसमक्ष आग्रह गरेका छन् । 

महासंघको वस्तुुगत परिषद्द्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुुभकामना आदान प्रदान कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले सो आग्रह गरेका हुन् । 

हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन नेपाल र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं वधाई दिइएको थियो । 

कार्यक्रममा आफ्ना क्षेत्रका वारेमा कुरा राख्दै निर्यात परिषदका अध्यक्ष रेशम बहादुर पोखरेलले वस्तु विकास गरौं र निर्यात बढाऔं भन्ने कुरालाई एक अभियानका रुपमा अगाडी लैजान एक्लै नसकिने हुंदा यसमा महासंघको वलियो साथ आफ्नो संस्थाले खोजेको बताए । कच्चा पदार्थमा लाग्ने भन्सार महसूल, चर्को बैंक व्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरू लगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिन उनले माग गरे ।  

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामाग्रीमा भएको मूल्य बृद्धिलाई सम्बोधन गर्न सरकारसंग अनुरोध गरिएको र यसमा नेपाल उद्योग वाणिज्य महासंघको पहलको आवश्यकता रहेको बताए । साना उद्योगी व्यवसायीको हितका लागि सामूहिक ऐक्यवद्धता आवश्यक रहेकोमा पनि उनको जोड छ । 

नेपाल बोटल वाटर उद्योग संघका महासचिव गोकुल थापाले उद्योग संचालन गरेवापत फौजदारी अभियोगमा मुद्दा खेप्नु परेको अवस्था रहेकाले समस्या समाधानमा महासंघले पहलगर्नुपर्ने सुुझाव दिए । हाल राष्ट्रिय सभामा रहेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक जस्ताको तस्तै पारित भए मुलुकभित्र खाद्यसंग सम्बन्धी कुनै पनि उद्योग व्यवसाय गर्न नसकिने अवस्था आउने पनि बताए ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले महासंघसंगको सहकार्यले महिला उद्यमी महासंघ, नेपालले उचाई लिन सफल भएको बताइन् । नीतिगत व्यवस्था, वित्तिय पहुंच, बजार प्रवद्र्धन, क्षमता अभिबृद्धि लगायतका विषयहरूमा सरकारसंग पहल गर्न महासंघको साथ र सहयोग आवश्यक रहेको उनको भनाई छ ।

नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले विपे्रषण भित्र्याउन निजी क्षेत्रको ठूलो भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुुझाव राखे । अर्थतन्त्रको महत्वपूर्ण आधार रेमिट्यान्स क्षेत्रलाई सरकारले महत्व दिन थालेको उनको भनाई छ ।

रेष्टुरेन्ट एण्ड वार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले दैनिक १० देखि १२ करोडको कारोबार हुने रेष्टुरेन्ट एण्ड वार व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएकोमा दुखेसो पाखेका छन् । कतिपय समयमा सरकारको कमजोर नीतिगत निर्णयका कारण श्रमिक र रोजगारदाता बीचको सम्बन्धमा यदाकदा समस्या आउने गरेको भन्दै उनलेसदस्यहरूका समस्यालाई समयमै संवोधन गर्न पनि महासंघलाई आग्रह गरे ।

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले पशुपंक्षीको औषधि व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरू समस्यै समस्याको भूमरीमा फसेको अनुभूती भएकाले महासंघको ठूलो साथ र सहयोगको खा“चो रहेको बताएका छन् । उनले पशुपंक्षीको सुरक्षाका औषधिहरूमा लाग्ने कर छुट हुनु पर्ने, औषधि ऐन २०३५ तत्काल खारेज गरी नयां ऐन ल्याउनुु पर्ने उनको माग छ । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सदस्यहरूका समस्या समाधान र नीतिगत सुुधारमा महासंघ सधै सदस्यहरूसंगै रहेको बताएका छन् । अनपेक्षितरूपमा ब्याज दर वृद्धि भैरहेकाले उद्योगी व्यवसायीहरूमा मर्का परेको र विद्यमान तरलता र ब्याज दर वृद्धिको समस्यामा निजी क्षेत्रको सामूहिक आवाज आउनुु पर्ने उनको भनाई छ । 

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले सदस्य संघहरुलाई महासंघले सदैव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले उद्योगी व्यवसायीहरूप्रति हेर्ने सरकारको दृष्टिकोण कहिल्यै परिवर्तन नभएको दुःखेसो पनि गरेका छन् ।

‘सरकारले उद्योग व्यवसायसंग सम्बन्धित २ दर्जनभन्दा बढि ऐनहरू परिमार्जन ग¥यो तर यसमा उद्योगी व्यवसायीहरूलाई दण्ड र सजायका कुराहरुमा मात्र बढी जोड दिइएको देखियो । यसमा हामीले आवाज उठाउनै पर्छ’ उनले भने ।

महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले व्याज दरको बृद्धि, रेमिट्यान्समा गिरावट, मुद्रा संचिति घट्दै जांदा अर्थतन्त्र दवावमा रहेको र त्यसको प्रत्यक्ष प्रभाव उद्योगी व्यवसायीमा परेकाले महासंघले समस्या समाधानमा निरन्तर पहल गर्दै आएको जानकारी गराए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved