कुलमानलाई नीजि क्षेत्रको आग्रह, ‘बिजुली दिन नसक्ने भए लोडसेडिङ तालिका चाहियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 11:00:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले आवश्यकता र सम्झौता अनुसारको बिजुली दिन नसकेको विषयमा नीजि क्षेत्र बोलेको छ । नीजि क्षेत्रका ३ ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल नेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा धारणा सार्वजनिक गरेका हुन् ।

उद्योगीहरू अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेको र औद्योगिक क्षेत्रहरूमा विद्युतको आपूर्ति अनियमित भएदेखि उद्योगीहरूमा अन्यौलता बढ्दै गएको उनीहरुले जनाएका छन् । 

अनियमित विद्युत आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङ लगायतका औद्योगिक करिडोरका उद्योगहरू सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको नीजि क्षेत्रले जनाएका छन् ।

‘विद्युतमा देखिएको ट्रिपिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हु“दा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहु“दा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हु“दा सामान डेलिभरी, बैंकको चर्को ब्याज र सा“वा भुक्तानीमा समस्या पर्न गएकोतर्फ नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ“’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि नेपाल विद्युत प्राधिकरणले गरेको प्रतिवद्धताको पनि स्मरण गराउन चाहन्छौं ।’ 

विद्यमान समस्याको तत्काल समाधानका लागि नियमितरूपमा भारतीय बजारबाट विद्युत खरिद गरी उद्योगहरूलाई निर्वाध उपलब्ध गराउन वा त्यो संभव नभए उद्योगहरूमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न पनि नीजि क्षेत्रले प्राधिकरण समक्ष माग गरेको छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूस“ग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुु पर्ने, आयातित विद्युतको गुणस्तरमा ध्यान दिनुुपर्ने माग पनि नीजि क्षेत्रको छ ।

‘एकातर्फ प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता बढाएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको पूर्ण स्वामित्वको सार्वजनिक संस्थानले नाफा÷घाटा नहेरी औद्योगीकरणको वातावरण निर्माणमा ध्यान दि“दा समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने हाम्रो बुझाइ छ ।’

विद्युत उत्पादन वृद्धि गरी उद्योगहरूलाई सस्तो दरमा विद्युत उपलब्ध गराउने र समग्र औद्योगिक उत्पादनको लागत न्यूनीकरणमा ध्यान दिनुपर्ने बेलामा उद्योगहरूलाई विद्युतको मूल्यवृद्धिको प्रस्ताव गरिनु दुर्भाग्यपूर्ण भएको ठहर नीजि क्षेत्रले गरेको छ । 

‘उच्च लागतमा वस्तु उत्पादन गर्दा त्यसले प्रतिस्पर्धी क्षमता गुमाउ“दा समग्र निर्यात प्रभवित हुनेछ । उच्च लागतको वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले समग्र जनजीवन प्रभावित हुनेतर्फ बेलैमा ध्यान दिन आग्रह गर्दछौ“’ नीजि क्षेत्रले भनेको छ । 

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र चर्को ब्याजबाट थलिएका उद्योग व्यवसायलाई अघोषित लोडसेडिङको अर्को समस्याले थप संकटतर्फ धकेलेको गुनासो पनि उनीहरुले गरेका छन् । 

विज्ञप्तिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved