यी हुन् देउवाको भारत भ्रमण टोलीमा रहेका उद्योगी व्यवसायी (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 03:07:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवा आज ३ दिने औपचारिक भारत भ्रमणमा निस्किएका छन् । 

४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा १ दर्जन बढी व्यवसायीहरू छन् । 

भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी सहभागी छन् ।

टोलीमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, निर्वतमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र सांगाई पनि टोलीमा छन् । 

महासंघका कार्यकारिणी समिति सदस्यहरु हेमराज ढकाल, आनन्द बगरिया, प्रकाशसिंह कार्की, भरत आचार्य, अम्बिकाप्रसाद पौडेल, विजयसिंह वैद्य, कपिलबस्तुको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर मिया र महासंघका उपमहाप्रवन्धक गोकर्णराज अवस्थी पनि देउवाको भ्रमण टोलीमा सहभागी छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved