चेम्बरले गर्यो नबनियुक्त राजदुत श्रेष्ठलाई चीनसंगको व्यापार सहजिकरणका लागि आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 07:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेको छ । श्रेष्ठसँग भएको भेटबार्तामा नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उक्त भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए थिए ।

उनले नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य बस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाइ नेपाल चीन व्यापार सहजीकरणको लागि कृयाशील बनाउनु पर्ने कुरामा उनले जोड दिएका थिए ।

नेपाल चीन वीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढेकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका थिए

सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे।चिनियाँ नागरिकहरुको बिश्व भ्रमण गर्ने प्रवृति वढदै गएको सन्दर्भमा  त्यसको फाईदा नेपालले लिन सक्नुपर्ने उनको भनाई छ ।

 नेपालको पूर्वाधार बिकासमा चिनियाँ लगानी भित्राउन पहल गर्न समेत उनले राजदूत श्रेष्ठलाई आग्रह गरेका थिए । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रबिधि हस्तान्तरणको लागि पहल गर्न आग्रह गरेका थिए

नवनियुक्त राजदूतले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पुर्याउन आफुले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने उनले बताए

 

 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved