महासंघका उपाध्यक्षको प्रश्न ‘आफ्नो तलब बढाउने निर्णय २४ घण्टामै गर्ने, कानुन चाहिँ बनाउन नसक्ने ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 05:31:04 PM मा प्रकाशित

laxmi  sunrise bank

दलका नेतालाई महासंघका उपाध्यक्षको प्रश्न, ‘आफ्नो तलब बढाउने निर्णय २४ घण्टामा गर्न सक्ने, उद्योग व्यवसायमैत्री कानुन चाहिँ बनाउन नसक्ने ?’

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले राजनीतिक दलका नेताहरुलाई उद्योग खोलेर देखाउन चुनौती दिएका छन् । उनले अहिले उद्योग र व्यवसाय मैत्री नीति नियम नरहेको भन्दै दलका नेताहरु कसैले एउटा उद्योग सञ्चालन गरेर देखाउन चुनौती दिएका हुन् । 

रत्ननगर उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारण सभामा उनले नेताहरुले भाषणमा उद्योग व्यवसायलाई प्रोत्साहन गरिने भन्दै बोल्ने गरेको भएपनि व्यवहारमा भने त्यस्तो अनुभव कहिल्यै गर्न नपाएको गुनासो गरे । 

उद्योग दर्ता, व्यवसाय सञ्चालन लगायतमा जताजतै समस्यै समस्या रहेको भन्दै उपाध्यक्ष श्रेष्ठले उद्योग खोल्न र चलाउन कति व्यवधान खडा गरिएको छ भन्ने अनुभव गर्न नीतिगत तहमा पुग्ने नेताहरुलाई उद्योग खोल्न चुनौती दिएका हुन् ।

उनले उद्योगी व्यवसायीलाई बिचौलीया र यीनिहरुले जसरी पनि कमाउने कुरा मात्रै गर्छन् भनेर अनेकौँ लान्छना लगाउने काम भईरहेको भन्दै उद्योगी व्यवसायीलाई हतोत्साहित बनाउने काम नगर्न अनुरोध पनि गरे । 

उपाध्यक्ष श्रेष्ठले नीतिगत तहमा पुगेका नेताहरु आफ्नो सेवा सुविधा र तलब भत्ता बढाउने निर्णय गर्दा २४ घण्टामै गर्न सक्ने तर, उद्योग व्यवसायसँग सम्बन्धित कानुन बनाउँन वर्षौ लगाउने र सरोकारवालासँग संवाद समेत नगर्ने जस्ता व्यवहारले उद्योगी व्यवसायीलाई हतोत्साहित बनाएको उनको गुनासो पनि गरे । 

उनले बैंक वित्तीय संस्थाबाट कर्जा पाउन पनि सकस रहेको बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved