साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्न बैंकर्स र व्यवसायीबीच त्रिपक्षीय सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 08:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स संघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रवर्द्धन एवं संरक्षणका लागि वित्तिय कर्जा लगायतका सेवा सुविधा प्रवाहमा सहजीकरण गर्ने गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो ।

सम्झौतामा महासंघसंगको सहकार्यमा विश्वसनीय तथा जोखिम रहित औद्योगिक व्यवसायिक वातावरण श्रृजना गर्ने साथै उद्योग व्यवसाय एवं बैंकहरूको हितको प्रबर्द्धन गर्ने किसिमका कार्यक्रमहरु संचालन गरिने उल्लेख छ। साथै कार्यक्रमहरु प्रभावकरी रुपमा संचालन गर्न केन्द्रिय र प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गरिने उल्लेख छ । 

कार्यदलमा महासंघबाट तीन, नेपाल बैंकर्स संघबाट तीन साथै डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालबाट एक जना प्रतिनिधी गरी केन्द्रिय स्तरमा सात सदस्यीय कार्यदल रहने छ ।  प्रादेशिक तहमा समेत सोही संस्थाहरुसंग सोही रुपमा समझदारी गरी कार्यदल गठन हुने उल्लेख गरिएको छ। 

महासंघले सबै प्रदेश उद्योग वाणिज्य महासंघलाई पत्राचार गरेर कार्यदल गठन गर्न र वित्तिय साक्षरताका कार्यक्रमहरु संचालन गर्न अनुरोध गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved