ब्याजदर वृद्धिको विरोधमा महासंघ प्रदेश नम्बर १ द्वारा आन्दोलनका कार्यक्रम घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 12:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले ब्याजदर वृद्धिको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रदेश १ महासंघले बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याज बढाइरहेको विषयमा आन्दोलन घोषणा गरेको हो ।

प्रदेश १ महासंघले शुक्रबार बैठक बसेर कात्तिक २२ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम बनाएको हो । आन्दोलनका कार्यक्रम प्रदेश भरीका जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट सदस्यहरुलाई पनि पठाइसकिएको प्रदेश कार्यसमितिका एक सदस्यले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत प्रदेश भरीका ३७ वटा जिल्ला नगर उद्योग वाणिज्य संघ र १४ वटा वस्तुगत संघले कात्तिक २२ गते बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय र जिल्ला तथा नगरमा रहेका बैंक तथा वित्तीय संस्थामा ज्ञापनपत्र बुझाउने छन् ।

कात्तिक २३ गते आफ्ना क्षेत्रमा रहेका बैंकमा २ घण्टा प्लेकार्डसहित मौन विरोध प्रदर्शन गर्नेछन् ।

कात्तिक २५ गते शुक्रबार बिहान १० बजे महासंघ प्रदेश १ को सचिवालयमा भेला भई प्रदेश नम्बर १ का मुख्यमन्त्री र नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयअगाडि प्लेकार्डसहित धर्ना दिने तथा ज्ञापनपत्र बुझाउने छन् ।

कात्तिक २८ गते राष्ट्र बैंकलाई दबाब दिन काठमाडौँस्थित नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा भेला हुने र बाँकी कार्यक्रम तय गर्ने बताइएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved