देशैभर उद्योगी व्यवसायी आन्दोलित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 05:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको ब्याज बढेको विषयमा देशैभरका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । ब्याजदर बढ्दा उद्योग व्यवसाय प्रभावित भएको भन्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक, गर्भनर र बैंक तथा वित्तीय संस्थाविरुद्द विभिन्न खालका प्रदर्शन गरिरहेका छन् । 

पूर्वको मेचीनगरदेखि पश्चिमको दार्चुलासम्मका उद्योगी व्यवसायीहरु स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका छन् । 

ब्याजदर बढिरहँदा त्यसले महँगी बढाइरहेको र आयात पनि अस्वभाविक रुपमा प्रभावित हुँदा खुला सिमानाका कारण गलत बाटोबाट सामान आइरहेको व्यवसायीहरु बताउँछन् । यसले एकातर्फ कमसल सामान जथाभावी आयात हुँदा बजारको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको र अर्कोतर्फ राजस्व पनि गुमिरहेको तर्फ व्यवसायीहरुले सचेत हुन आग्रह गरेका छन् ।

यस्तो कदमले अनौपचारिक अर्थतन्त्रले अप्रत्यक्ष रुपमा फस्टाउने मौका पाएको गुनासो पनि निजी क्षेत्रका व्यवसायीहरुको छ । यसकारण महँगी थेगिनसक्नु गरी बढ्दै जाने र अर्थतन्त्र नै दुर्घटनामा पर्न सक्ने जोखिम पनि व्यवसायीहरुले औल्याएका छन् । 

आज पनि विराटनगरमा उद्योगी व्यवसायीहरुले गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved