'इकोनोमिक इमर्जेन्सी' आएको भन्दै ब्याजदरबारे आज बृहत छलफल गर्दै पूर्वका व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 09:33:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ का निजि क्षेत्रका छाता संगठनहरुले आज बैंकको ब्याज दर र बैंकिंग नीतिको विषयमा बृहत छलफल गर्दै छन् । उद्योग संगठन मोरङ, मोरङ ब्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आज बृहत छलफल गर्न लागेका हुन् । 

तीन वटै संघहरुले चर्को बैंक ब्याजदर एवम प्रतिकुल बैंकिंग नीति सम्बन्धि बृहत छलफल गर्ने भन्दै निजि क्षेत्रका सम्पूर्ण संघ संस्थाहरुलाई मोरङ ब्यापार संघ बिराटनगरको समृद्धि हलमा दिउँसो ३:३० बजे आमन्त्रण गरेको छ । 'इकोनोमिक इमर्जेन्सी'को अवस्था आएको र  विद्यमान चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरूले सबै वर्ग पीडित रहेकोमा त्यस सम्बन्धमा सबै वर्गसँग व्यापक छलफल गरी निर्णायक कदम चाल्नु पर्ने अत्यावश्यक रहेकोले बृहत छलफल गर्न लागिएको संघहरुले उल्लेख गरेका छन् ।

बृहत छलफल कार्यक्रममा निजी क्षेत्रका सबै संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, कपडा, जुत्ता चप्पल, हार्डवेयर, इट्टा, इलेक्ट्रिक, निर्माण, स्टेशनरी, मुद्रण, एल.पि. ग्यास, गृल तथा स्टील, सुन चांदी, धातु, सोनार, जुट, होटल तथा पेय पदार्थ, खुद्रा, वितरक, अटोमोवाईल डिलर्स, पेट्रोलियम डिलर्स, ट्रान्सपोर्ट, ट्रक, टेम्पो एवं यातायात, ट्राभल्स एजेन्ट लगायत सम्पूर्ण वस्तुगत संघ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सदस्य एवं सबै उद्योगी / व्यवसायीहरू, कृषकहरू तथा बैंक व्याजदरले पीडित सम्पूर्ण ऋणीहरूलाई उपस्थित भई आ-आफ्नो राय सुझाव उपलब्ध गराई दिन संघहरुले आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved