मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न, व्यवसायीले दिए आन्दोलनको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 03:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका ब्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाको चर्को ब्याजदर, कच्चापदार्थको मूल्यबृद्धि, कोभिड–१९ बिश्वब्यापी महामारीको प्रभाव आदि कारणले गम्भीर आएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभाका बक्ताहरुले निजी क्षेत्रका उद्योगी ब्यवसायी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले यस बिषयमा गंभीर भएर निर्णय लिन आग्रह गरेका हुन् । 

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले निजी क्षेत्रका उद्योगी ब्यवसायीलाई सरकारले कर तिर्ने ब्यक्तिको रुपमा मात्र हेरेको तर, निजी क्षेत्रको लगानी संरक्षण गर्ने नीति लिन नसकेको बताए । साधारणसभाका सहभागीलाई स्वागत गर्दै अध्यक्ष अग्रवालले राष्ट्र बैंकको नीति साना लगानीका ब्यवसायी मैत्री नरहेको भन्दै उद्योगी ब्यवसायीले राजश्व ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

संघले  हेटौंडाका राष्ट्रिय फुबटल खेलाडी अन्जन विष्ट र हेटौंडा–१८ हर्नामाडीका अन्तर्राष्ट्रिय मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरेको छ ।  बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले  नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी हुन् । संघका पूर्बअध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरेको प्रतिभा सम्बद्र्धन सम्मानबाट फुटबल खेलाडी विष्ट र मूर्तिकार भुजेललाई सम्मानीत गरिएको हो । 

हेटौंडा–१८ गुम्बाडाँडामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरी मूर्तिबगैंचा निर्माण गर्ने परिकल्पनाकार रहेको जिल्लालाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो । त्यस्तै हेटौंडाका उद्योगी अजेयराज सुमार्गीले स्थापना गरेको माधबराज सुमार्गी स्मृति ब्यवसायी सम्मानबाट हेटौंडाका पुराना ५ जना ब्यवासयीलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा संघका साधारण सदस्य रामप्रसाद न्यौपाने, संघका सल्लाहकार सरोजकुमार खनाल, नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन महत, संघका पूर्बअध्यक्ष कृष्ण कटुवाल, उत्तम शर्मा ढकाल, नुवाकोट उवासंघका अध्यक्ष ताराबहादुर कार्की, नेउवा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र सांघाईलगायतले ब्यवसायीको समस्याका बारेमा धारणा राखेका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved