ब्याजदर विरूद्ध स्याङ्जामा पनि व्यवसायीको प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 08:23:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा  व्याजदर बढाएको भन्दै स्याङ्जाको वालिङमा उद्योगी तथा व्यवसायीहरूले  शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छ्न्।  ब्याजदर वृद्धिको विरोधमा, अर्थ मन्त्रालय एवम् नेपाल राष्ट्रबैंकको ध्यानाकर्षण गराउन स्याङ्जाका सबै उद्योग वाणिज्य संघहरुबाट संयुक्त रुपमा  सडक संघर्षमा उत्रिएका हुन्।

बैंकको दोहोरो अंकको व्याजदरले उद्योग व्यवसाय संचालनमा कठिनाई रहेको र जिल्लामा रहेका  उद्योग, व्यवसाय  धरासयी बनेको व्यवसायीहरूको भनाई छ। जिल्लाको स्याङ्जा उद्योग वाणिज्य संघ, भीरकोट उद्योग वाणिज्य संघ, वालिङ उद्योग वाणिज्य संघ, चापाकोट उद्योग वाणिज्य संघ, गल्याङ उद्योग वाणिज्य संघले जिल्लाको मुख्य व्यापारिक केन्द्र वालिङमा  बैंकहरूको दादागिरी र राष्ट्र बैंकको व्यवसायी विरोधी मौद्रिक नीतिका विरूद्ध प्रदर्शन गरेको व्यवसायीले जनाएका हुन्। जिल्लाका उद्योग वाणिज्य संघ आवद्ध व्यवसायीहरूको समुहले वालिङका सम्पूर्ण  वाणिज्य र विकास बैंकहरूमा बढ्दो  व्याजदरको विरोध गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए।

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले कोराना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच स्वदेशी उद्योग धन्दा, तथा व्यापार लयमा फर्किन लागिरहेको समयमा गलत नीति आएकोले विरोध प्रदर्शन गरेको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतीका  प्रावधानहरुले उद्योग व्यापार क्षेत्रमा थप अन्योल मात्र होइन उठीवास नै हुने अवस्था सृजना भएको भन्दै शान्तिपूर्ण विरोध र्‍यालीको आयोजना गरिएको उनले बताए। 

उनीहरुले "चालुपूँजी कर्जा मार्गदर्शन २०७४ खारेज गर , उद्योगी व्यवसायीहरुलाई गरी खान देउ , चर्को ब्याजदर नियन्त्रण गर , एक अङ्कको व्याजदर कायम गर , ब्याजको प्रिमियममा बढाइएको दरको रकम फिर्ता गर, बन्द उद्योगहरु खुल्ने वातावरणको सृजना गर ,ब्याज बढाउन पाइँदैन, पौष  मसान्तमा आइँदैन सम्झौता भन्दा बढी ब्याज तिरिन्न, तिरिन्न " लगायतका नाराहरू लगाउँदै  वालिङ क्षेत्रमा दिनभर प्रदर्शन गरेका थिए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved