उद्योगी व्यवसायीले राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 03:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वका उद्योगी व्यवसायीहरुले विराटनगरस्थित नेपाल राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिने भएका छन् ।

बैंकको ब्याजदर बढिरहेको र राष्ट्र बैंकले उद्योगी व्यवसायीहरुका लागि प्रतिकुल हुने गरी नीति ल्याएको भन्दै आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुले सोमबारदेखि विराटनगरस्थित राष्ट्र बैंकका कर्मचारीहरुलाई कार्यालय प्रवेश गर्न नदिने भएका हुन् । 

मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ र उद्योग संगठन मोरङले संयुक्त आह्वान गरेको आन्दोलन आज पनि जारी छ । प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुले आज शुक्रबार विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिएका छन् । 

नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेले सोमबारदेखि राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय छिर्न नदिने र यसबारे आफूहरुले विराटनगरस्थित राष्ट्र बैंककी कार्यालय प्रमुख मीना पाण्डेलाई लिखित जानकारी गराइसकेको बताए । 

उनीहरुले प्रदेश १ का बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकबाट रकम ल्याउन पनि दिएका छैनन् । 

बिहीबार पनि विराटनगरमा उद्योगी व्यसायीहरु हड्तालमा उत्रिएका थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved