चेम्बर अध्यक्ष मल्लले भने, ‘भारतसँगका सीमा नाका व्यवस्थापन नहुँदा अवैध कारोबार बढ्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 10:03:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

नेपाल भारत खुला सीमाको फाईदा उठाउँदै अवैध कारोबार मौलाइरहेको भन्दै अध्यक्ष मल्लले सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्व समेत गुमाईरहेको बताएका हुन् । 

कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भईरहेको छ । यसले सरकारी राजश्वमा समेत गम्भिर असर गरिरहेको छ । मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ, ।’ 

आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्न सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको भन्दै उनले सरकारले करको दायारा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले थपे, ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन । कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ, ।’

कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको उनको भनाई छ । 

आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसंग हातेमालो गर्न आफुहरु तयार रहेको दोहोर्याउँदै अध्यक्ष मल्लले खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्व्यनमा ल्याउनुपर्ने बताए ।

अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालु खर्च धान्न समेत मुस्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने दोहोर्याए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved