गृहमन्त्री लामिछानेलाई भेटेर महासंघका अध्यक्ष गोल्छाले सोधे, ‘हाम्रो वरियता कहाँ हो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 04:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले गृह मन्त्रालयमा भेटवार्ता गरेको छ । 

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई निजी क्षेत्रका तर्फबाट बधाई एवं शुुभकामना दिए । 

अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरे । भेटवार्ताका क्रममा महासंघ तथा जिल्ला–नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध पनि गरे ।

त्यसैगरी सिमाक्षेत्रबाट हुने अवैध आयात तथा व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गरेको छ । 

जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न पनि आग्रह गरिएको थियो । 

सो अवसरमा नवनियुक्त गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास दिलाए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved