अर्थमन्त्रीसँगको वार्तापछि व्यवसायीको आन्दोलन स्थगित, के भयो सहमति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 05:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वार्ता भएपछि उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । वार्तापछि आज पत्रकार सम्मलेन गर्दै ६ वटा संघहरुले  वार्तामा भएको सहमति कार्यान्वयन हुने अपेक्षामा आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएका हुन् । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार अर्थमन्त्रीबाट व्यवसायीका समस्या प्रति सरकार, अर्थ मन्त्रालय गम्भीर रहेको र सरकारले छिटो भन्दा छिटो समस्या समाधानका लागी प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त भएको छ। वार्तामा पौष २८ गते भित्र व्याज भुक्तानी तिर्ने समय थप गर्ने, र पुनरकर्जा क्रमिकता दिन छिट्टै निर्णय हुने प्रतिबद्धता व्यक्त भएको उनले बताए । 

यस सँगै सबै विरोध कार्यक्रम स्थगित गर्ने निर्णय बह्येको उनले बताए । साथै सरकार लाई विश्वास गरी समस्या समाधान छिटो हुनेमा आश्वस्त भै जिल्ला फर्कन र चालू विरोधका सबै कार्यक्रम स्थगित गरि सरकार तथा नियमन निकाय बाट समयमै सकारात्मक निर्णय आउने अपेक्षा गरेको अध्यक्ष श्रेष्ठले बताए  । उनले फेरी आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा गरेको पनि बताएका छन् ।

वार्ता पश्चात मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले संयुक्त विज्ञप्ति जारी गर्दै अन्य संघहरुलाई वार्ता बारे भएको सहमति र आन्दोलन स्थगन गर्ने निर्णयबारे जानकारी गराएका हुन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved