चालुपुँजी कर्जा मार्गदर्शन संशोधनबारे के भन्छन् उद्योगी व्यवसायी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 09:23:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि निजि क्षेत्रका उद्योगी तथा व्यवसायी संघ सङ्गठनहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफुहरु संशोधनको सुक्ष्म अध्ययनमा रहेकोले छलफल गरेर आज बिहिबार मध्यान्हसम्ममा आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । 

महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले केहि विषय संशोधन भएर आउँदा राम्रो भए पनि अब यो संशोधन सँगै बैंकबाट कर्जा लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आउने बताएका छन् । संशोधन भएका केहि विषय सकारात्मक रहेको तर अझै पनि केहि व्यवस्थाका कारण बैंकबाट कर्जा लिएर व्यवसाय गर्ने असहज नै हुने उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल राष्ट बैंकले गरेको संशोधन सकारात्मक रहेको बताउछन् । यद्यपि अझै पनि संशोधनमा  केहि विषय छुटेकोले आगामी दिनमा राष्ट्र बैंकले त्यसलाई सम्बोधन गर्ने उनको अपेक्षा रहेको छ । आफुहरुले नेपालमा ब्याजदर अस्वभाविक रुपमा बढेको विषय उठाएकोले अझै पनि त्यसको सम्बोधन नभएको उनको गुनासो छ । अन्य देशको तुलनामा नेपालमा ब्याजदर अस्वभाविक बढेकोले प्रिमियमलै २ प्रतिशतमा फिक्स गरेर राख्नु पर्ने आफ्नो माग रहेको उनी बताउछन् ।

नेपाल उद्योग परिसंघले पनि आज दिउँसोसम्ममा आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । संघका महानिर्देशक दिपकराज जोशी संशोधन आउनु सकारात्मक रहेको र यसले उद्योगी त्तहा व्यवसायीको खसेको मनोबल केहि हदसम्म भए पनि उकास्ने बताउछन् । उद्योगी व्यवसायीका केहि कुरा सम्बोधन भएकोले यसले खसेको मनोबललाई उकास्ने काम गर्ने उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले हिजो बुधबार चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved