चेम्बर अध्यक्ष मल्ल भन्छन्, ‘रोजगारी सिर्जना गर्न सामूहिक लगानी आवश्यक छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 10:34:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामूहिक पहल गर्नुपर्ने बताएका छन् । 

पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानीमार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् । 

अध्यक्ष मल्लले भने, ‘आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ । प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन्, तर रोजगारीको अवसर नपाउ“दा विदेशिन बाध्य भईरहेका छन ।’ 

उद्योग तथा साना व्यवसायमा सामूहिक लगानी माफर्त नया“ नया“ रोजगारी सिर्जना गर्न निजी क्ष्ँेत्र र सरकारबीच हातेमालो आवश्यक रहेको अध्यक्ष मल्लको भनाई छ । 

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लले बताए । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरि योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए । विद्यार्थीले विश्वविद्यालयमा पठन पाठनसंगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने उनको विश्वास छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved