चेम्बरले भन्यो 'आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2023 | 08:26:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुने बताएको छ। हाल राष्ट्र बैंकले पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास चेम्बरले लिएको जनाएको हो।  

 नेपाल राष्ट्र बैंकबाट आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिएकोमा नेपाल चेम्वर अफ कमर्सले आभार समेत व्यक्त गरेको छ। चेम्बरले भनेको छ 'नेपाल राष्ट्र बैंकबाट जारी भएको “चालु पुँजी कर्जा मार्गदर्शन २०७९” परिमार्जन गरि २०८२ असार सम्म पु¥याइएकोमा नेपाल चेम्वर अफ कमर्स स्वागत गर्दछ ।'

चालुपुँजी कर्जामा ठूला तथा साना दुवै खाले ऋणीहरुलाई  ४० प्रतिशत नै कायम गरिन र  डवल डिजिटको आर्थिक बिकास हाशिल गर्न सिंगल डिजिटको व्याजदर कायम हुनु पर्ने तर्फ पनि चेम्वरको बिशेष आग्रह गरेको छ । 

तरलता व्यवस्थापनका लागि पुंजीगत खर्चमा वृद्धि तथा व्याजदर नियन्त्रण प्रभावकारी हुन सकेमा अर्थतन्त्रले गति लिने अपेक्षा समेत राखिएको चेम्बरले उल्लेख गरेको छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हुन नसकेको पुँजिगत खर्चको ९० प्रतिशत देखि ९५ प्रतिशत रकम बैक तथा वित्तिय संस्था मार्फत परिचालन गर्न सकिएमा यसले बजारमा तरलताको अभाव हुन नदिन सहयोग पुग्ने देखिएकोले यस तर्फ पनि चेम्बरले ध्यानाकर्षण गराएको छ। 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved