बैंकको शेयरमा भन्दा अन्य व्यवसायमा लगानी बढी छ, ब्याज घट्दा मलाई पनि राहत हुन्छ: चन्द्र ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 07:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक व्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताएका छन् ।  इटहरी उद्योग वाणिज्य संघको २३औँ र २४औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएकोले ब्याज घट्दा आफुलाई पनि राहत हुने बताएका हुन् । 

  “म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो । तर बैंकको शेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ । त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ । व्याजदर घट्दा मलाई पनि राहत हुन्छ,” उनले भने । 

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले कर्जाको व्याजदर कुनै एउटा बैंक तथा वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रमा नहुने बताए ।  “कर्जाको व्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन । यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरुको प्रभाव रहन्छ । केही समय पहिलेको दुई÷तीन प्रतिशतको निक्षेपको व्याजदर अहिले १०÷११ प्रतिशत पुगेको छ । त्यसैले कर्जाको व्याजदर स्वतः बढेको हो,” उनले भने । 

उनले केही व्यवसायीहरुले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरि बढेको समेत उल्लख गरे । उनले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताए । 

“मैले व्यवसाय गर्दा तीनवटा कुराहरुमा विशेष ध्यान दिने गरेको छु । पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र,” उनले भने । उनले आफूहरुले सातवटा प्रदेशमा सातवटा देखिने काम गर्ने उद्देश्यले काम गर्न खोजेको समेत स्पष्ट पारे ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले  महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताए । महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्ला÷नगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

“म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुदैछु । म यहाँहरुसँग के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने तपाईहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ । म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु । जिल्ला÷नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,” उनले भने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved