प्रचण्ड र विष्णु पौडेललाई सरोज सिटौलाले भने, ‘उद्योगी व्यवसायीलाई डुबाएर देश चल्दैन’ (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 04:16:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुको सम्पत्ति लिलाम गरेर बैंकहरु धनी बन्ने दाउमा रहेको दाबी गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आज बैंक तथा वित्तीय संस्थाको विरोधमा माइतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा सिटौलाले उद्योगी व्यवसायीहरु डुब्दा बैंकहरु पनि डुब्ने बताए । 

उनले देश राजनीतिले मात्रै नचल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नाम नै लिएर उद्योगी व्यवसायीहरु सडकमा आएकोबारे जानकारी राख्न अनुरोध गरेका छन् । 

‘प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेललाई म भन्न चाहन्छु, यो मूलुक खाली राजनीतिले मात्रै चल्दैन, सबै उद्योगी व्यवसायीलाई डुबाएर, सडकमा ल्याएर आफू मात्रै माथि आसिन भएर देश चल्दैन भन्ने कुरा हेक्का राख्नुहोस्’ उनले भने । 

उनले उद्योगी व्यवसायीहरु आत्महत्या गर्न बाध्य हुने तहमा पुगिसकेको उल्लेख गर्दै समस्या समाधान नभए अरु कयौँ उद्यमी व्यवसायीहरुले प्रेम आचार्यले अपनाएको बाटो अपनाउन बाध्य हुने भन्दै समस्या समाधानमा नेतृत्वदायी भूमीका निर्वाह गर्न अनुरोध पनि गरे ।

भिडियोः

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved