३५ दिने सूचनाका भरमा धितो लिलाम गर्न नपाउने व्यवस्था हुनुपर्छः अध्यक्ष कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 05:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले आफूहरुले उद्योग व्यवसायको क्षेत्रमा देखिएका वर्तमान समस्याबारे अर्थमन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र बुझाउँदा पनि सम्बोधन नभएको भन्दै आक्रोश पोखेका छन् । बैंकको चर्को ब्याजले ब्यापार व्यवसाय तथा उत्पादनमूलक उद्योगहरु चलाउन नसक्ने अवस्थाबारे सरकारका मन्त्रीहरु जानकार भएपनि उद्योगी व्यवसायीका माग सम्बोधन नभएको प्रति उनले गुनासो पनि गरे ।

उनले सरकारले एकातिर सुकुम्बासी आयोगका लागि भनेर वर्षेनी करोडौँ रकम छुट्याउने र अर्कोतर्फ बैंकहरुले वर्षमा हजारौँ उद्योगी व्यवसायीहरुलाई सुकुम्बासी बनाउने गरेको नदेख्ने टिप्प्णी पनि गरे । 

‘सरकारले सुकुम्बासी आयोगका लागि करोडौँ रकम छुट्याएको छ, तर बैंकहरुले वर्षमा हजारौँ व्यवसायीहरुलाई सुकुम्बासी बनाएको छ, यसको अन्त्य कहिले हुन्छ ?’ अध्यक्ष कार्कीले आक्रोशित हुँदे भने, ‘२० लाखको ऋण लिन २ करोडको जग्गा धितो राख्नुपर्ने अवस्था छ, यस्तो जग्गा पनि बैंकहरुले ३५ दिने सूचनाका भरमा लिलाम गरिदिन्छन् । ३५ दिने सूचनाका भरमा धितो लिलाम गर्न नपाइने व्यवस्था हुनुपर्छ । कम्तीमा ६ महिना हुनुपर्छ ।’ 

भिडियोः 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved