उद्योगी व्यवसायीले फागुन ५ गते बैंकविरुद्ध सडकमा प्रदर्शन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 01:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी व्यवसायीहरूले फागुन ५ गते शुक्रबार बैंकहरुविरुद्द सडक आन्दोलन गर्ने भएका छन् । 

उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरूले फागुन ५ गते बैंकविरुद्ध संयुक्त सडक आन्दोलनको घोषणा गरेका हुन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते बृहत् रुपमा संयुक्त सडक आन्दोलन गर्न लागिएको जनाएका छन् । 

बैंकहरूले बढाएको ब्याजदर र उनीहरुले उद्यम व्यवसायका निम्ती कर्जा लिएका ऋणीहरुमाथि गरेको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य हुनु परेको संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved