महासंघद्वारा टर्कीका भुकम्प पीडित जनताको सहयोगार्थ राहत सामग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 05:45:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले मित्रराष्ट्र टर्कीमा हालै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागिविभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय / राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरिएको महांसघले जनाएको छ ।

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन् । महासंघका अनुसार सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ ।

महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved