भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु, जुत्तामा ६ महिना वारेन्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 08:16:29 PM मा प्रकाशित

laxmi  sunrise bank

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा भएको मेलाको उद्घाटन बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले गरेकी हुन् ।

 मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताईन् । “नेपाली कच्चापदार्थ  प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, मन्त्री चौधरीले भनिन्, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।”

आयोजकका अनुसार मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गर्ने छन् । त्यस्तै पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनीक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरीने छ । मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र  जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ ।

 गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने आयोजकले जनाएको छ । उपभोक्तहरुले खरीद गरेका सामानहरु फेर बदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सकिने आयोजकले उल्लेख गरेको छ।


मेलामा प्रवेश निशुल्क  गरिएको छ । मेलाको  प्रायोजक सगुन शुज, सक्सेस शुज र मध्यपुर जुत्ता उद्योग रहेको छन् । त्यसै गरी सह आयोजकमा सिटीजन फुटवेयर, पारागन फुटवेयर, कम्र्फट शुज, हाईलाइफ चप्पल, घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कर्मस रहेको छ । मेलाको प्रबद्र्धकमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved