भवानी राणा ट्युनिसियाका लागि अवैतनिक वाणिज्यदूत नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 12:00:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा ट्युनिसियाका लागि अवैतनिक वाणिज्यदूत नियुक्त भएकी छिन्। 

ट्युनिसियाको लागि अवैतनिक वाणिज्यदूतको जिम्मेवारी प्रदान गरेकोमा उनले ट्युनिसिया सरकार र नेपाल सरकारलाई धन्यवाद दिएकी छिन्। उनले यस जिम्मेवारीमा रहेर नेपाल र ट्युनिसियाबीच व्यापार अभिवृद्धिका लागि पहल गर्ने बताएकी छिन्। त्यस्तै व्यापारबाहेक पर्यटन प्रवर्द्धनमा समेत सम्भावना रहेकोले पर्यटन प्रवर्द्धनका लागि समेत काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्।

उनले भनेकी छिन् 'हाम्रो अध्ययन अनुसार हाल ट्युनिसियासंग सानो आकारको तर महत्वपूर्ण व्यापारिक आदानप्रदान हुने गरेको छ। ट्युनिसियाबाट ओलिभ आयल, हेलिकोप्टरको मेसिनरी पार्ट्सहरु आयात हुने गरेको छ भने नेपालबाट गलैँचा र हस्तकलाका सामान निकासी हुने गरेको छ, ती वस्तुको निकासी बढाउन पहल गर्नेछु। '





Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved