मकवानपुर उद्योग वाणिज्य संघद्वारा जिल्ला नगर उपाध्यक्षको उम्मेदवारमा सुमार्गी सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 10:53:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गीलाई उम्मेदवार बनाउने गरी सिफारिस गरेको छ । 

महासंघको केन्द्रीय सदस्य र कृषि उद्यम केन्द्रको सभापतिसमेत रहेका सुमार्गीलाई चैतमा हुने अधिवेशनमा जिल्ला नगर उपाध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव मकवानपुर उद्योग वाणिज्य संघले पारित गरेको हो । 

संघका अध्यक्ष कृष्ण अग्रवालको अध्यक्षतामा बसेको संघको नियमित बैठकले सुमार्गीलाई जिल्ला नगर तर्फको उपाध्यक्ष र खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाललाई उम्मेदवार बनाउने प्रस्ताव पारित गरेको हो । 

सुमार्गी बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको समूहबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बन्ने तयारी स्वरुप देश दौडाहामा छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved