गगनसँग मुरारकाको दुःखेसो, ‘सांसदहरुले आतंक फैलाए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 03:50:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सांसदहरुले उद्योगीहरुलाई आतंकित बनाएको गुनासो गरेका छन् । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अर्थतन्त्रका समस्याबारे निजी क्षेत्रसँग गरेको छलफलमा उद्योगी मुरारकाले संसदीय समितिको अनुगमन भन्दै सांसदहरुले अनुगमनको नाममा निजी क्षेत्रलाई आतंकित बनाएको गुनासो गरेका हुन् ।

कार्यपालिकासहित व्यवस्थापिकाले समेत कागजात माग गर्दै दुःख दिने गरेको गुनासो पोखेका मुरारकाले अनुसन्धानकारी सरकारी निकायहरुबीच समन्वय नहुने पनि भन्न भ्याएका छन् । 

उनले ‘रि–अडिट’को नाममा पनि आतंक फैलाएको गुनासो पोखे ।

‘हामीले जाने बुझेसम्म करका विषयमा चित्त नबुझे थप अडिट गर्ने वा सरोकार राख्ने निकाय आन्तरिक राजस्व विभाग हो, तर अन्य कामका लागि स्थापना भएका राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अडिट गर्ने भन्दै कागजात माग्छन्’ मुरारकाको गुनासो छ, ‘त्यति मात्रै होइन, संसदीय समितिहरू नै उद्योगको अनुगमन भन्दै हिँड्न थालेका छन् । उनीहरूले पनि यो यो कागज चाहियो भनेर माग्छन् । कानूनमै नभएका क्रियाकलापले निजी क्षेत्र आतंकित भएको छ ।’

उनले औद्योगिक क्षेत्रमा बिहान र बेलुका गरी दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको पनि गुनासो गरेका छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved