बैंकले जथाभावी लगानी गर्दा पनि राष्ट्र बैंकले नियमन गर्न सकेनः उमेशलाल श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 06:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको नियमनमा राष्ट्र बैंक चुकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न नसक्दा अहिले समस्या आएको बताएका हुन् ।

‘कोरानाको समयमा कर्जा प्रवाह नहुँदा बैंकले उद्योगी व्यवसायीलाई विना योजना सस्तो ब्याजदरमा ऋण दिए, तर तत्कालिन समयमा हचुवाँको भरमा लिएको ऋण सदुपयोग नहुँदा अहिले समस्या देखिएको छ’ उनले भने ।

यसको मुख्य कारण भनेको राष्ट्र बैंकले नियमन गर्न नसक्नु नै भएको उनको दाबी छ ।

‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कस्ता क्षेत्रमा कर्जा लगानी गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो,’ श्रेष्ठले थपे, ‘कोभिडको समयमा बैंकमा निक्षेप थुप्रिदा बैंकका कर्मचारीले घरघरमा पुगेर कर्जा दिए तर, त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन् । राष्ट्र बैंकको अकर्मण्ड्यता र सरकारको अदुरदृष्टिको मार उद्योगी व्यवसायीले भोग्नु परेको छ ।’

उनले महासंघको साख गिर्दो क्रममा रहेकाले यसलाई रोक्न र पहिलाकै जस्तो जुझारु महासंघ बनाउन आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved