राष्ट्रिय व्यवसायी महासंघको साधारणसभामा दुर्गा प्रसाईको आलोचना, उच्च स्तरिय संयन्त्र गठनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2023 | 07:04:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौ साधरण सभा सम्पन्न भएको छ। महासंघको सभा शनिवार धुलिखेलमा सभामुख देवराज घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको हो। महासंघको साधरण सभा सम्पन्न भएको हो ।

साधरण सभामा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले पछिल्लो समय उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भिर हुन आवश्यक रहेको बताए। उनले बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनु पर्ने बताए। उनले सरकारले विदेशीने युवाहरुलाई देशभित्र नै रोजगारी दिनको लागि स्वरोजगार मुलक तालिमको व्यवस्था गर्न माग गरे।

उनले व्यवसायीले आयात गर्ने वस्तुहरुको भन्सारदर कम गर्नु पर्ने पनि उल्लेख गरे। उनले व्यवसायीहरुलाई लगाईएको दोहोरो कर प्रणाली अन्त्य गर्नु पर्ने बताए। कार्यक्रमका प्रमुख अथिति सभामुख घिमिरले साधरण सभालाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए। उनले व्यवसायीहरुका समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए।

उनले उद्योगी व्यवसायीहरुको समस्या र मागको विषयमा सभामुखले गर्न सक्नेसम्मको काम गर्ने प्रतिवद्धता जनाए। उनले वर्तमान अर्थतन्त्रलाई सुधार गर्न उद्योगी व्यवसायी र सरकार हातेमालो गरेर जानुको विकल्प नभएको बताए। त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले अव नेताहरुले कुरा भन्दा पनि काम गर्नु पर्ने आवश्यकता रहेको बताए। उनले सरकारले वर्तमान अर्थतन्त्र जोगाउनको लागि गम्भिर भएर काम गर्नु पर्ने बताए। 

उनले पछिल्लो समय व्यवसायीहरु बैंकको उच्च ब्याजदरका कारण समस्या परेको भन्दै सरकारले बैंकको ब्याजदर कम गर्न आवश्यक कदम चाल्न आग्रह गरे। उनले बैंकहरु पनि पछिल्लो समय मिटर ब्याजी भएको भन्दै व्यवसायीहरुको माग अनुसार ब्याजदर एकल अंकमा ल्याउनु सरकारले पहल गर्नु पर्ने बताए। त्यस्तै,सांसद माधव सापकोटाले व्यवसायीहरुका ब्याजदर लगायतका समस्या समाधान गर्न सरकार तयार रहेको बताए। उनले प्रधानमन्त्री दाहाल मुलुकको अर्थतन्त्र सुधार गर्ने पक्षमा रहेको भन्दै व्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सवल बनाउने पक्षमा रहेको बताए। 

उनले बैंकको उच्च ब्याजदर कम गर्नु पर्ने पक्षमा आफूहरु रहेको पनि बताए। उनले व्यवसायीहरुको मागलाई संसदमा समेत उठाउने व्यवसायीसँग प्रतिवद्धता जनाए। महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले सरकारले एकहात मुठिका उद्योगी व्यवसायीहरुसँग मात्रै सरकारले कुरा सुनेको बताए। उनले साना र वास्तविक समस्यामा रहेको व्यवसायीहरुको मागलाई सरकारले नजरअन्दाज गरेको बताए।

उनले एक हात व्यवसायीहरुले सडक आन्दोलनको अन्त्य भएको घोषणा गरे पनि महासंघले नेतृत्व गरेको आन्दोलन र्फिता नभएको बताए। उनले सरकारले सबै व्यवसायीहरुको समस्या समाधान गर्न, गुनासो सुन्नको लागि छुटै उच्च स्तरिय संयन्त्र गठन गर्नु  पर्ने बताए।

उनले दुर्गा प्रसाईको आन्दोलन र महासंघले नेतृत्व गरेको आन्दोलन एउटै नभएको स्पष्ट पारे। उनले सरकारले संयुक्त संघर्ष समितिले उठाएको माग सरकारले तत्काल सम्बोधन नगरे व्यवसायी पुनः सडक आन्दोलनमा आउन बाध्य हुने बताए। साधरण सभामा अन्य महासंघ तथा संघका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved