जसले नेपाली चियालाई अमेरिकामा चिनाए, विश्वभर पुर्याउने लक्ष्य

सीता बुढाथोकी

सीता बुढाथोकी

Nov 01, 2023 | 11:28:21 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरी उत्कृष्ट चियाको स्वाद पस्कने लक्ष्यका साथ तीन युवा व्यवसायीहरु मिलेर सुरु गरेका हुन् “नेपाल टि कलेक्टिभ” । न्यूयोर्क र काठमाडौंबाट सेवा प्रदान गरिरहेको नेपाल टि कलेक्टिभ नेपालका चिया उत्पादकको पहिलो तथा दोस्रो पुस्ताको नेतृत्वमा रहेको सार्वजनिक हितका लागि कार्यरत संस्था हो ।

लुज–लिफ अर्गानिक चिया सिधै नेपालका किसानबाट मगाएर नेपाल टि कलेक्टिभले उत्पादन स्थल मै प्याकेज गरिएका सबै भन्दा ताजा नेपाली अर्थोडक्स चिया विश्वभर वितरण गर्ने गरेको छ । नेपाल टि कलेक्टिभमा हाल ९ लाख ३५ हजार डलर लगानी पुगेको छ । सन् २०१६ मा ६ लाख अमेरिकी डलरमा स्थापनामा भएको कम्पनीमा पछिल्लो ६ वर्षमा ३ लाख ३५ हजार डलर वृद्धि भएको सह–संस्थापकका अमिगो खड्काले जानकारी दिए । 

कलेक्टिभले कञ्चनजंघा नोइर (हिमालयन सनराइज), कुमारी गोल्ड, टप अफ दिन वल्र्ड ब्राण्डको कालो चिया र ह्वाइट प्रकाशलगायत चिया बिक्री वितरण गर्दै आएको छ । 

अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाल टि कलेक्टिभले सन् २०१६ देखि नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट लगेर नेपाली चियालाई अमेरिका लगायत ४२ भन्दा बढी देशका ग्राहकलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा वितरण गर्दै आएको छ । 

चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधिको रुपमा निश्चल बाँस्कोटा र प्रतिक रिजालको नेतृत्वमा गरेका छन् । साथै, सह सस्थापकमा ओमिगो खड्का पनि छन् । 


नेपाल टि कलेक्टिभको सुरुवात निश्चल बाँस्कोटाले गरेका हुन् । निश्चल २०११ मा अमेरिका पढ्न भनेर गएका थिए । उनको परिवार पनि ४० वर्ष देखि चिया व्यवसाय गर्दै आएका छन् । परिवारनै यहि पेशामा भएपछि निश्चललाई पनि सानै देखि चियामा केहि गर्न मन थियो । अमेरिकामा आफ्नै देशको चिया खाए पनि आफ्नो देशको ब्राण्ड हुँदैनथ्यो । उनले अब नेपाली चियाको आफ्नो पहिचान बनाउछु भनेर ब्याचलर सकेपछि आफ्नो देशमा उत्पादन भएको चियालाई अमेरिका लगेर बेच्ने निर्णय गरे । उनले सुरुमा नेपालबाट होलसेलमा चिया अमेरिका लगेर अमेरीकाको होटल, क्याफेहरुमा विक्रि गर्ने गरे । त्यसै गर्दा गर्दैै ३–४ वर्ष वित्यो मानिसहरुले चिया पनि धेरै रुचाए । मार्केट पनि राम्रो हुँदै गयो । त्यसपछि उनले होलसेलमा मात्र किन गर्ने आफ्नै ब्राण्ड बनाउने सोचे । उनले अनलाईन मार्फत आफ्नै नेपाल टी कलेक्टिभ नामक ब्रान्डमा नेपालीका विभिन्न ठाउँका चियाका फार्महरुको चियालाई बटुलेर बेच्न सुरु गरे । 

अमेरिकाका विभिन्न चियाको कार्यक्रमहरुमा चिया लगेर मानिसलाई नेपाली ब्राण्डबारे बुझाए । मानिसहरुले चिया मन पराए र फेरि फेरि पनि आउन थाले । 

त्यसपछि प्रतिक रिजाल पनि यसलाई कसरी ठुलो बनाउने भनेर यसमा जोडिए । त्यसपछि डेढ वर्ष अगाडी देखि अमिगो खड्का पनि यसमा जोडिए ।

अमिगो खड्का र निश्चल बाँस्कोटा सानै देखिका साथि थिए । उनिहरु दुबैजनाले प्लस टु नेपालमै गरेर सँगै अध्ययनका लागि अमेरिका गएका थिए । अमिगो केही वर्ष काम गरेर नेपाल फर्किए । नेपाल फर्किएपछि उनले उपाय नामक कम्पनीमा काम गरे । यो कम्पनी स्थापना गरेपछि उनी पुनः लन्डन गए । त्यहाँ खड्काले लन्डन स्कुल अफ इकोनोमिमा मास्टर्स सकेर नेपाल फर्किएर चियाको व्यवसायमा आवद्ध भए ।

निश्चलले ओमिगोलाई पहिलादेखि नै चियामा व्यावसाय गर्यौ भनेर भनि रहने गर्थे । “निश्चलले पहिलादेखिनै चियामा व्यावसाय गरौ भनि रहन्थ्यो । जब उसले चिया व्यवसाय गर्ने भएपछि म पनि उसलाई सहयोग गर्न आए,” ओमिगोले भने । 

सह–संस्थापक ओमिगोले भने, “विशिष्ट गुणस्तरको प्रमाण स्वरुप हाम्रा लुज–लिफ चिया र अर्गानिक मिश्रणले १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । न्यूयोर्क टाइम्स र फोर्ब्समा प्रस्तुत भएसँगै हामीले नेपाली चियाको पहिचानका साथै अन्तर्राष्ट्रिय ग्राहकहरूसँग विश्वासको सम्बन्ध बनाउन सफल भएका छौं ।”

४० वर्ष अगाडि बाबुआमाले फिदिमबाट सुरु गरेको ‘कञ्चनजंघा टी स्टेट’लाई अमेरिकामा लगेर उनीहरुले बजारीकरण गरे । अहिले उनीहरु वार्षिक ४ करोड रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् ।

उद्योग व्यवसायभन्दा पनि नेपाली चियालाई विश्वबजारमा प्रवर्द्धनसँगै किसानलाई थप प्रोत्साहन गर्ने उद्देश्य रहेको उनले बताए । “नेपाली चियालाई विश्‍वभर चिनाउनु नै हाम्रो मूल उद्देश्य हो,” ओमिकोले भने । 

अमेरिकामा नेपाली उपभोक्ता भन्दा पनि धेरै अमेरिकी उपभोक्ता बटुल्न सफल भएको अमिगोले बताए । हाल सम्म नेपाल टि कलेक्टिभले अमेरिकामा १० हजार उपभोक्ता बनाउन सफल भएको छ । साथै प्रयोगकर्ताले दिने प्रतिक्रिया पनि राम्रो भएको उनी बताउँछन् ।

उपभोक्ताहरु एक चोटि खाएपछि फेरि पनि आउनेको संख्या ५३ प्रतिशत भएको अमिगोले बताए । 

हजारौ विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको दुर्लभ स्वाद अनुभव गर्न पाएका भए पनि नेपालका धेरै चियाप्रेमीले नेपालले दिन सक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर नपाए पछि नेपाल टि कलेक्टिभले केहि समय अगाडीदेखि नेपालमा पनि कारोबार गर्न थालेको छ । नेपाल टि कलेक्टिभले काठमाडौं गेस्ट हाउसमा ‘चिया बार’ खोलेको छ । 

चिया बारमा सिकेर काम गर्न चाहने मानिसलाई काम सिकाउने अमिगोले बताए । “चिया बार खोलेको धेरै भएको छैन । अहिले हामीले तालिम कक्षा नै चाँहि खोलेका छैनौ । अलि पछि खोल्छौ र सिकेर काम गर्नेलाई सिकाउछौँ,”उनले भने । 

आफ्नो चियाको स्वादलाई जाँच्न र थप परिष्कृत गर्न वा आफ्नो गुलियो दूध चियालाई थप गहिरो र ताजा स्वादसँग साट्न उत्सुक चिया प्रेमीले नेपाल टी कलेक्टिभका चिया अब दराज वा वेबसाइटबाट अनलाइन मगाउन सक्ने छन् ।

उनका अनुसार, हाल नेपाल टि कलेक्टिभले कम्तिमा पनि ४० प्रकारका चियाहरु एपभोक्ता माझ पस्किदै आएको छ । तर हरेक महिना, हरेक सिजनमा २–३ ओटा चिया थप्पि रहन्छन् । 

यसमध्य कालो चिया(ब्लाक टि) कञ्चनजंघा नोइर, दुध चिया(मिल्क टि) र हरियो चिया(ग्रीन टि) अरुको तुलनामा अलिक सस्तो भएको ओमिगोले बताए । सबै भन्दा महंगो चिया चाँहि रोज लेबल हो जुन १ केजीको १ लाख ३० हजार पर्दछ । यो चिया चाँहि विदेशमा मात्र विक्रि भइरहेको उनले जानकारी दिए ।  

अमेरिकामा उपभोक्ताले कालो चिया सबैभन्दा धेरै मन पराएका छन् । 

नेपाल टि कलेक्टिभले इलाम, सोलुखुम्बु बाट चिया ल्याउछन् । हाल ७÷८ वटा फार्मसँग समन्वय गरेर नेपाली चियालाई कसरी विश्व बजारमा पुर्याउन सकिन्छ भनेर उनीहरुले काम गरिरहेका छन् । नेपाल टी कलेक्टिभले हाल कालो, सेतो, हरियो, उलोङ चियाका साथै जडिबुटी मिश्रण गरिएका चियाहरु पस्कदै आएको छ ।

कम्पनीले चिया पर्यटन प्रवर्द्धनका लागि अमेरिकी चिया पारखीहरुलाई नै नेपाल ल्याएर विभिन्न गन्तव्यसँगै बगान घुमाउने र चिया प्रशोधन देखाउँदै आएको छ ।

उनीहरुले आफ्नो कम्पनीको एक प्रतिशत आम्दानी किसानलाई दिने गरेका छन् । उनीहरुले नेपाल टी कलेक्टिभको तर्फबाट प्रत्येक वर्ष २१ विद्यार्थीलाई पढाउने काम पनि गर्दै आएका छन् । 

यस अघिका उद्यमशीला एपिसोड 

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

उद्यमशीला एपिसोड ६ : २४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम

उद्यमशीला एपिसोड ७  : नेपालमा नेपाली जुत्ताको जग बसालेका होमनाथ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved