राष्ट्र बैंकलाई सीवाईसीका शर्माको ठाडो चुनौती, मिडिया छल्न खोज्दा नेप्सेको नियम पनि उल्लङ्घन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2023 | 08:07:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई ठाडो चुनौती दिएको छ। संचालक समिति सदस्य नै प्रबन्ध संचालक बन्न नपाउने निर्देशन विपरित सीवाईसीको अध्यक्ष तथा संचालक समितिले प्रबन्ध संचालक पदमा पुन नियुक्ति दिएर राष्ट्र बैंकलाई ठाडो चुनौती दिएको हो। 

राष्ट्र बैंकले सीवाईसी नेपाल लघुवित्तलाई २०७९ साल पुष ७ गते नै 'मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाएको ६ महिनाभित्र प्रबन्ध संचालक पद कायम नरहने गरि प्रमुख कार्यकारी अधिकृत पदको व्यवस्था गर्नलाई लिखित निर्देशन दिएको थियो। 

सीवाईसी नेपाल लघुवित्तलाई झैं अन्य आधा दर्जन लघुवित्तलाई पनि राष्ट्र बैंकले यस्तै लिखित निर्देशन दिएको थियो। जस कारण ति लघुवित्तमा अहिले राष्ट्र बैकको निर्देशनअनुसार नै संचालक र प्रमुख कार्यकारी प्रमुखमा अलग अलग व्यक्ति जिम्मेवारीमा छन्। 

संचालक समितिमा बसेर संस्थाको प्रमुख कार्यकारी हुँदा संस्थाको शुसासन र अनुशासनको धज्जी उडेको पाएपछि राष्ट्र बैंकले प्रबन्ध संचालक पद खारेज गर्नलाई निर्देशन दिएको थियो। सोहिअनुसार  कालिका, युनिक नेपाल र नेष्डो समृद्दका प्रमुख कार्यकारीले संचालक समिति सदस्यबाट राजिनामा दिएका हुन्। त्यस्तै युनिक नेपाल लघुवित्तका डा गोपाल दहितले व्यस्थापनतर्फको उच्च पद अर्थात् प्रमुख कार्यकारी अधिकृत रोजेर संचालक पद छाडेका हुन्। 

तर निर्देशनको अटेर गरेर बसेको सीवाईसीले एकै व्यक्ति संचालक र प्रमुख कार्यकारी प्रमुख रहने गरि प्रबन्ध संचालकमा डोलेन्द्र प्रसाद शर्मालाई दोस्रो पटक नियुक्ति गरेर राष्ट्र बैंकलाई ठाडो चुनौती दिएको हो। सीवाईसीका शर्मालाई राष्ट्र बैंकले के गर्छ त्यो भने हेर्न बाँकी छ। 

मिडिया छल्न खोज्दा नेप्सेको नियमको पनि उल्लङ्घन 

प्रबन्ध संचालकमा पुन नियुक्तिको बिषय बाहिर आउँदा थप विवादमा पर्ने भयले सीवाईसी लघुवित्तले गरेको व्यवहारले उल्टै नेपाल स्टक एक्सचेन्ज 'नेप्से' को  नियम उल्लङ्घन हुन पुगेको छ। बाहिर आउँदा विवादित हुने डरले सीवाईसीले नेप्सेको वेबसाइट मार्फत प्रबन्ध संचालकमा पुन नियुक्तिको जानकारी दिनुपर्नेमा दुई दिन ढिला गरि नेप्सेको इमेलमा मात्र सूचना पठाएर नियमको उल्लङ्घन गरेको हो।

मुल्य लगायतका बिषयलाई प्रभावित पार्ने कुनै पनि निर्णय नेप्सेको वेबसाइट मार्फत आम लगानीकर्तालाई जतिसक्दो छिट्टो जानकारी दिनुपर्ने व्यवस्था धितोपत्र सूचीकरण विनियमावलीमा व्यवस्था छ। तर ७ गते अध्यक्षले सपथ खाएको र १५ गते प्रबन्ध संचालकमा पुन नियुक्ति भएको जानकारी सीवाईसीले इमेल मार्फत नेप्सेलाई यहि भदौ १७ गते मात्रै जानकारी दिएको हो। 

'नेप्सेमा सुचिकृत कम्पनीले मुल्यलाई प्रभाव पार्ने कुनै पनि निर्णय जतिसक्दो छिट्टो नेप्सेको वेबसाइट मार्फत जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ, लगानीकर्तालाई छिट्टो जानकारी होस् भनेर नै सुचिकृत कम्पनीलाई उनीहरु आफैं निर्णय अपलोड गर्न सक्नेगरि युजर नेम र पासवर्ड उपलब्ध गराएका हौँ' नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई भने, 'नियम उल्लङ्घन भएको छ, कारबाही हुन सक्छ।'

सिवाईसी नेपालको गतिविधिमाथि मिडियाको ध्यान रहेकाले थप विवादित नहुनलाई नेप्सेको वेबसाइट मार्फत यो जानकारी नदिएको स्वयं  प्रबन्ध संचालक डोलेन्द्र शर्माले बिजपाटीसँगको कुराकानीमा बताएका छन्। 

बिजपाटीको ध्यानाकर्षण पछि आफ्नो इमेलमा आएको सीवाईसीको जानकारी नेप्से आफैंले सबै लगानीकर्ताले देख्ने गरि वेबसाइटमा राखेको हो। यस विषयमा सीवाईसीलाई कस्तो कारवाही गर्ने  भन्नेबारे निर्णय आइतबार २४ गते नेप्सेले लिने नेप्सेका एक कर्मचारीले बताए। 

सीवाईसी नेपालका अध्यक्ष पद्मनाथ शर्माले राष्ट्र बैंकबाट सपथ नखाईदिएकाले अध्यक्ष शर्मा सहित प्रबन्ध संचालक र संचालक पदमा रहेका डोलेन्द्र शर्मा र अन्य संचालक समिति सदस्यको पद अवैधानिक हुन पुगेकोबारे बिजपाटीले लेखिरहेको थियो। त्यस्तै प्रबन्ध संचालक पद राष्ट्र बैंकको निर्देशन विपरित रहेको समेत बिजपाटीले लेखिरहेको थियो।

यस अघि : 

एउटा व्यक्तिका लागि राष्ट्र बैंकमा नाङ्गो नाच, कानुनको धज्जी उडाउनेलाई दण्डको साटो पुरस्कार

-नेष्डो र युनिक नेपालले पनि माने राष्ट्र बैंकको निर्देशन, सीवाईसीका शर्माको अटेरी अझैं कायम

५ महिनादेखि सीवाईसी लघुवित्तको अध्यक्ष र प्रबन्ध सञ्चालक गैरकानुनी, किन लाचार राष्ट्र बैंक ?

सिवाईसी नेपाल लघुवित्तमा राजा-महाराजा मोह, राष्ट्र बैंक नै चकित

कानुन मिचेको सीवाईसीसँग निरीह राष्ट्र बैंक, गभर्नरको छविमाथि प्रहार

- राष्ट्र बैंकका कारण विवादमा तानिए तीन लघुवित्त, संचालक समितिको वैधानिकतामा प्रश्न


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved