चेम्वर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघबीच अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 05:53:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको बताएका छन् । 

नेपाल चेम्वर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुवीच आयोजित अन्तरक्रीया कार्यक्रममा अध्यक्ष मल्लले निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी वढनु पर्ने र कृषिलाई निजी क्षेत्रले उद्यमको रुपमा प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

वीरगंज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो सस्था भएको बताउँदै उनले व्यवसायीका हक हितका बिषयमा ऐक्यवद्धता आवश्यक रहेको बताए ।

वीरगंज प्रमूख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवद्र्धनको लागि अग्रसर हुनु पर्ने बताउदै उनले यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार रहेको बताएका छन् । 

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यावसायीहरु जुनसुकै क्षेत्रका भएता पनि चुनौतिहरु साझा रहेको बताएका छन् । अध्यक्ष डा. गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरु मारमा परेको गुनासो गरे । 

‘मजदुरहरुको मात्र भलाई हेरिदा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन्, भीसीतीएस् प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन’ उनले भने, ‘यसले साना ब्यावसायी मारमा परेका छन् ।’

उनले नेपालको पारवहनको लागि भारतका सवै बन्दरगाहहरुबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको बताए । 

‘पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठुलो योगदान छ तर भारतीय पर्यटकहरु नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजार मात्र बोक्न पाउने, भारतीय ठुला नोटहरु नचल्ने, डेविट क्रेडिट कार्ड भर पर्दो नरहेको  कारणले असहज भएको छ’ उनले थपे ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष हरी गौतम, महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved