सरकारले भ्याटको दर घटाएर अब १० प्रतिशत बनाउनु पर्छ : उपाध्यक्ष श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 07:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।

उनले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नु पर्ने बताए । उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताए । विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही बस्तुको आयात प्रतिबन्ध गरेको तर आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठले बताए । उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताएर पनि कुन वस्तु वा उत्पादनमा आत्मानिर्भर बन्ने स्पष्ट योजना बनाउनु पर्ने आवश्यकता रहेको बताए । कुनै पनि उद्योगहरु उत्पादनशिल र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुने बताए । उनले अब सरकारले लिने भ्याटको दर घटाउनु पर्ने बताए। जनयुद्ध बेला राजश्व बढाउनु पर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनु पर्ने माग राखे।

उनले भने '‘मुलुक चुनौतीपूर्ण घडिमा रहेको छ । हाम्रो समस्या के हो थाहा छ । के कारणले भयो थाहा छ । यी सबै समस्याको समाधान के हो भन्दा उत्पादन हो । उत्पादत्व बढाउनु पर्छ । त्यसको लागि आन्तरिक उत्पादन बढाउनु पर्छ । हामी आत्मा निर्भर हुनु छ । आयात प्रतिस्थापन गर्नु छ । यो भनि रहँदा हामी एकदमै चुनौती पूर्व घडिमा छौं । हामी व्यवसायीको जुन चुनौती छ । त्यो चुनौती केही समाधान भएको छ । तर धेरै कुराहरु ज्युँका त्युँ रहे । पुराने कुरा बारम्बार दोहो¥याउनु पर्ने भयो । व्यवसायीका समस्यालाई सम्बोधान गर्ने राज्य सँग इच्छा शक्ति छ की छैन । यो समस्या समाधान गर्न राज्यको क्षमता छ की छैन । आत्मानिर्भर बन्नु पर्ने छ । केही बस्तु आयातमा प्रतिबन्ध ग¥यौं । तर आन्तरिक उत्पादन बढाउन हामीले के ग¥यौं । आयात प्रतिस्थापन गर्न सरकारले के ग¥यो । अब सोच्नु पर्ने बेला भयो । आत्मा निर्भर, परनिर्भर हुने हो । राज्यले के मा आत्मा निर्भर हुने हो । छट्याउनुपर्छ  । कुनै पनि व्यवसायी अनउत्पादनशिल हुन सक्दैन । राज्यले अनउत्पादनशिल भन्ने कुरा सोच्नु हुँदैन । अहिलेको अवस्था किन आयो भन्दा २०४६ सालमा अर्थ नीति आयो । दुई तीन वटा कुरामा राज्य चुक्यो । भ्याटमा गलत काम गरेको छ । सरकारले जनयुद्धमा द्धोन्द्ध बढ्दै गएको भन्दै राजश्व आवश्यक भयो भनेर ३ प्रतिशत भ्याट बढेको थियो । त्यो बढेको भ्याट आजसम्म पनि घटेन । अब घट्नु पर्ने हो । अब भ्याट १० प्रतिशत हुनु प¥यो ।’

उपाध्यक्ष श्रेष्ठले राज्यले उद्योगलाई प्रोत्साहन दिनु पर्छ भन्ने कुरा प्रत्येक पटक भनिएको तर गाउँ खाने कथा जस्तो भएको र प्रोत्साहन नदिएको गुनासो गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved