निर्माण व्यवसायीले भोलिदेखि प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 05:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले भोलि (बिहिबार) देखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ बजे शुरु भएर १० बजे सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

बैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज पनि ११ बजेदेखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । 

व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको महासंघका अध्यक्ष रवि सिंहले बताए । आन्दोलनको कार्यक्रम अन्तर्गत ७७ जिल्ला संघहरुले आज पनि आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा (विहान ११ देखि १२) धर्ना दिएका छन् ।

महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गते आइतबारदेखि लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ । 

कन्स्ट्रक्शन होलिडे को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ । अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved