अनुत्पादक क्षेत्रमा लगानी बन्द गरिए राजश्व घट्छ, शेयर लगानीकर्तालाई राहत दिनु पर्छ: गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2022 | 04:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अनुत्पादक क्षेत्रमा लगानी बन्द गरीए राजश्व सिधै घट्ने बतएका छन् । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राजश्व नभईकन राज्य संचालन गर्न नसकिने भएकोले उत्पादनमुलक र अनुत्पादक क्षेत्रमा सन्तुलन मिलाएर लगानी गर्नु पर्ने उनले बताएका छन् । अनउत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्ने हो भने त्यसले फेरि अर्को विकृति ल्याउने भएकोले यसमा मौद्रिक नीतिले सम्बोधन गर्नु पर्ने उनले बताएका छन्।

त्यस्तै उनले साना तथा मझौला शेयर लगानीकर्तालाई राहत दिने गरि सेफ ल्यान्डिङको अवसर मौद्रिक नीतिले दिनु पर्ने बतएका छन् । साना लगानीकर्ताले अब पाठ सिकिसकेकोले साना लगानीकर्ताको सस्म्यलाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गर्नु पर्ने उनको भनाई छ । ५५ लाख डिम्याटकर्ता भनेको अर्थतन्त्रको ठूलो हिस्सा भएकोले यसलाई सम्बोधन गर्ने उनले बताए। नेपाल धितोपत्र बोर्डले शेयरबजार बारे आम लगानीकर्ता बुझाउन नसकेर र लगानीकर्ताले नबुझेर अहिलेको अवस्था आएको उनले बताए ।

उनले बैंकहरुको सेवा पनि चुस्त र दुरुस्त हुने गरि मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । बैंकहरुले लिने विभिन्न शिर्षकको सेवा शुल्क पनि समायोजन गर्न उनले माग गरेका छन् । उनले आयातमा लगाईएको शतप्रतिशत मार्जिनको ब्यबस्थाको कारण बैंकलाई फाइदा भएको र बजारमा भने इन्फ्लेसन मात्र बढेको उनले बताए ।

त्यस्तै उनले देशको कन्ट्री रेटिंग गर्नको लागि आग्रह गरेका छन् । कन्ट्री रेटिंग गरे बैंकहरुले विदेशबाट सहज रुपमा थप रकम ल्याउन सक्ने र तरलताको समस्या केहि हदसम्म भने सहज हुने उनले बताए । नराम्रो रेटिंग आउंछ भनेर अहिले डराउन नपर्ने र जस्तो सुकै नतिजा आए पनि रेटिंग गर्नु पर्ने उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved