श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बर अफ कमर्सको अपेक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 10:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले काठमाडांैको जमलस्थित भवनमा चेम्बरका पदाधिकारीसंग भेटवार्त गरेका हुन्।

मिश्रसंगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गरेका छन्।

श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाई छ । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुइ मुलुकवीच व्यापारका लागि अझै पनि ठूलो संभाबना रहेको अग्रवालले बताए ।

नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गरे। अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारत सहित त्रिपक्षीय सम्झौताको आवश्यक्तामा समेत जोड दिए । 

बुद्धको जन्मभुमी लुम्विनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्विनी अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसंग आग्रह गरे । राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफु आशावादी रहेको बताए । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका लागि आफुले पहल गर्ने राजदूत मिश्रको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved