चिनियाँ बैंकको शाखा नेपालमा खोल्ने व्यवस्था गर्न माग, २ देशका बैंकबीच भुक्तानी सम्झौता गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 02:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चीन उद्योग वाणिज्य संघले नेपाल र चीनबीच रहेका मुख्य दुई नाका तातोपानी र केरुङ पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेको छ । संघको २३ औ साधारणसभाको अवसरमा संघका अध्यक्ष त्रिभुवन धर तुलाधरले नेपाल र चीनबीच आर्थिक तथा व्यावसायिक क्षेत्रमा विराट सम्भावना रहेको बताउदै यसलाई दुवै मुलुकले अवसरका रुपमा उपयोग गर्न सक्नु पर्ने बताएका हुन्।

नेपाल सरकार र नेपाल चीन उद्योग वणिज्य संघको सहकार्यका माध्यमले सम्भावनाक क्षेत्रहरु उत्खनन गर्दै त्यसलाई मुलुकको आर्थिक विकासका क्षेत्रमा उपयोग गर्नको लागि उनले आह्वान गरेका हुन्। त्यसको लागि नेपाल र चीनबीच रहेका मुख्य दई नाका तातोपानी र केरुङ अब पूर्ण क्षमतामा सञ्चालनको लागि दुवै तर्फबाट पहल गनुपर्ने संघले जनाएको छ ।

दैनिक कन्टेनरको कोटा तोक्ने व्यवस्था अन्त्य गरी सबै कन्टेनरहरु भित्रिन वातावरण बन्नु पर्ने संघले जनाएको छ। यसो हुन सकेम एकातर्फ चीनको निर्यात व्यापार बढ्ने र अर्कोतर्फ नेपालको राजस्व बढ्ने तथा निजी क्षेत्रले पनि दुई तीनमहिनासम्म नाकाम कन्टेनर होल्ड गरेर बस्नु नपर्ने साथै ब्याज , लगानि कम भई उपभोकत्ताका लागि मूल्य बृदी हुने अवस्थाको अन्त्य हुने संघले जनाएको छ ।

पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि चीनका विभिन्न गन्तव्यमा सीधा उडान गर्दै एयर कनेक्टिभिटी बढाउनुको साथ हवाइ टिकटको मूल्यमा प्रतिस्प्रधि हुनु पर्ने, दिगो पर्यटकीय विकासका लागि स्थल नाकाबाट पनि पर्यटकलाई आवतजावत खुल्ला हुनुपर्ने संघले जनाएको छ । यस्तै, दुई देशबीचको व्यापार अभिवृद्धिका लागि चिनियाँ बैंकको शाखा नेपालमा खोल्ने व्यवस्था र नेपाली तथा चिनियाँ वाणिज्य बैंकबीच भुक्तानी सम्बन्धी सम्झौता गर्नुपर्ने संघले उल्लेख गरेको छ।

 देशका प्रधानमन्त्री हरेक पटकको चीन भ्रमणमा यी विषयले प्राथमिकता पाउँदै आएको र द्विपक्षीय सहमति समेत हुँदै आए पनि अहिलेसम्म कार्यान्वयन हुन नसक्नु बिडम्बनापूर्ण रहेको संघले उल्लेख गरेको छ । व्यापारिक भुक्तानीका लागि मात्र नभई नेपालमा व्यापार बृद्धी , चिनियाँ लगानी तथा पर्यटन प्रवर्द्धनका लागि पनि यो निकै महत्वपूर्ण विषय रहेको संघले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved