प्रदेश अध्यक्षहरुलाई महासंघ अध्यक्ष गोल्छाले भने, ‘पार नलागे आफैँ आन्दोलनको आह्वान गर्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 04:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदर वृद्धि र चालू पूँजी कर्जा मार्गदर्शनको विरोधमा आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षहरु काठमाडौँमा भेला भएका छन् ।

७ वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षहरुले महासंघका अध्यक्ष शेखर गोल्छालाई भेटेरै बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर नियन्त्रण र चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शन स्थगनको मागमा महासंघले सम्बन्धित निकायमा पहलकदमी नगरेको गुनासो पाखेका छन् । अब पनि मोफसलका व्यसायीका मागबारे बेखबर जस्तै बसे महासंघलाई नै बाहिर राखेर ७ वटै प्रदेश महासंघहरु एकजुट भएर आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ ।

जिल्ला–नगर र प्रदेश उद्योग वाणिज्य संघहरुले दशैँ अगाडीदेखि नै ब्याजदर बढिरहेको विषयमा विरोध जनाइरहेको र दशैँपछि सडकमै विरोध प्रदर्शनमा उत्रिएको भएपनि सबै उद्योगी व्यसायीको छाता संगठनका हैसियतमा महासंघले कुनै निर्णय लिन नसकेको प्रदेश अध्यक्षहरुको आरोप छ ।

प्रदेश महासंघका अध्यक्षसँग केही जिल्ला नगर उद्योग वाणिज्य अध्यक्षहरु पनि टेकु आएका छन् । उनीहरुले महासंघले नेतृत्व लिएर निर्णायक आन्दोलन नगरे जिल्ला नगर र प्रदेश उद्योग वाणिज्य महासंघले मिलेर राष्ट्र बैंक र अर्थ मन्त्रालयविरुद्द आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

अध्यक्षले गोल्छाले सरकारसँग वार्ताको माध्यमबाट समस्या समाधानको पहल भइरहेको भन्दै वार्तामार्फत माग सुनुवाई नभए महासंघ आफैँले आन्दोलन आह्वान गर्ने आश्वासन दिएका छन् ।

प्रदेश महासंघका अध्यक्षहरुले संयुक्त रुपमा महासंघका अध्यक्ष गोल्छालाई विज्ञप्ति पनि बुझाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved