साना तथा मझौला व्यवसायी महासंघले एकता अधिवेशन गर्ने, तदर्थ समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 09:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

साना तथा मझौला व्यवसायी महासंघ, नेपालको एकताको महाधिवेशन हुने भएको छ । एकता महाधिवेशनका लागि तदर्थ समिति पनि गठन भएको छ ।

मंसिर २९ गते साना तथा मझौला व्यवसायी महासंघका वर्तमान अध्यक्ष बाबुकाजी महर्जन, सह अध्यक्ष हरि पराजुली र वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद आचार्य तथा समानान्तररुपमा सञ्चालन भएकोसाना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष गुह्यरत्न शाक्य भएको उक्त दुवैसंस्थाको मिति २०७९।०८।१८ र मिति २०७९।०८।२४ गतेको सहमती अनुसार एकताको महाधिवेशन गरी संस्थाको एकीकृत महाधिवेशनको लागि बिभिन्न विषयमा छलफल गर्ने निर्णय गरेको हो । 

जस अनुसार देशभित्र कूल रोजगारी सिर्जना गर्ने ७५ प्रतिशत भन्दा बढी योगदान दिनेक्षेत्र साथै समग्र आर्थिक क्षेत्रलाई चलायमान गराउन प्रमुख भूमिका खेलेकोसाना तथा मझौला व्यवसायीकोहक, हित, अधिकारका लागि महासंघका पदाधिकारी, सदस्यहरु बीचको आपसी मतभेद, विवाद मनन गरी महासंघलाई एक्यबद्धरुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ ।

त्यस्तै एकताको महाधिवेशन गर्न दुबेै महासघ सम्मिलित उद्यमी  दीपकप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरी उक्त तदर्थ समितिले आवश्यकता अनुसार समिति, उप समिति गठन गर्ने र संस्थाको गरिमा बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेगरी अख्तियारी दिने निर्णय भएको छ। 

 एकताको महाधिवेशन गर्न महासंघ मातहतको जिल्ला, क्षेत्रीय वस्तुगत संघ समेतको इकाईको विधान सम्मत समितिको निर्वाचनवाट वा सहमतिमा समितिको गठन गरी ६ महिना भित्र विधान सम्मत महाधिवेशन सम्पन्न गर्ने निर्णय  पनि भएको छ।

दीपकप्रसाद आचार्य संयोजक रहेको तदर्थ समितिमा  धर्मनन्द श्रेष्ठ सह संयोजक रहेका छन् भने डा. गोपालप्रसाद तिवारी सदस्य सचिव रहेका छन् । त्यस्तै विश्व दुवाललाई कोषाध्यक्षको जिम्मेवारी दिईएको छ ।

तदर्थ समितिको सदस्यहरुमा यमुनादेवी श्रेष्ठ, बिजु शाक्य, प्रबलराज पोखरेल , डा. खोमराज खरेल, डा. बद्रि पौडेल, धनबहादुर जंगम, बिजय सागर प्रधान, सरिता थापा,  प्रमिला खड्का,  बिष्णु घर्ति मगर र मंजिला शर्मा रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved