एकाबिहानै व्यवसायीको जम्बो टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न किन गयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 09:46:04 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट अर्थात् आज मंगलबार बिहानै व्यवसायीहरु उनलाई भेट्न पुगेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु बिहानै नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न पुगेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्री प्रचण्डललाई निजी क्षेत्रको तर्फबाट बधाई एवं शुुभकामना दिए ।

अध्यक्ष गोल्छाले यसअघि पनि आफूहरुले अर्थतन्त्रको संवेदनशील अवस्थामा रहेकोप्रति जानकारी गराएको स्मरण गराए ।

उनले चालूपूँजी कर्जा मार्गनिर्देशन कम्तीमा २ वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न राष्ट्र बैंकलाई सबै मौद्रिक उपकरणको प्रयोग गर्न प्रधानमन्त्रीले नै भनिदिनुपर्ने माग गरे । 

गोल्छाले नयाँ सरकारको सबै ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्ने माग पनि गरे । 

अर्थतन्त्रमा परेको असर कायम रहेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि यस समस्या सम्बोधन हुन नसकेको र कर्जाको ब्याजदर निरन्तर बढिरहेकाले उद्योगी व्यवसायी कठिन अवस्थामा पुगेको गुनासो गोल्छाले प्रधानमन्त्री समक्ष राखेका छन् । 

राजस्वले साधारण खर्च धान्न पनि मुस्किल परिरहेको, मूल्यवृद्धि ४ बर्षयताकै उच्च रहेको र अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुँदै गएकाले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुन अध्यक्ष गोल्छाले दोहोर्याएर सुझाव दिए । 

प्रधानमन्त्री प्रचण्डले पनि व्यवसायीहरुसँगको भेटमा अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकले पनि यसबारे विशेष निर्णय गरेको जानकारी गराए । 

‘बिहानै भेटघाटका लागि आउनुुभयो, तपाईहरु अर्थतन्त्रका विषयमा चिन्तित हुनुहुन्छ, तपाईहरु चिन्तित भएरै समस्या समाधानका लागि भनिरहनुभएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले यसलाई गम्भीर रुपमा लिन्छ, अर्थ मन्त्रालय, राष्ट्र बैंक र तपाईहरु निजी क्षेत्रलाई पनि एकै ठाउँमा राखेर समस्या समाधानमा केन्द्रित रहने कुरा मेरो प्रतिवद्धता नै भयो ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved