विष्णु पौडेल अर्थमन्त्री बनेपछि अटो व्यवसायी खुशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 07:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल अर्थमन्त्री बनेपछि अटोमोबाइल्स व्यवसायीहरु खुशी भएका छन् ।

सवारी साधनको आयात रोकिएर लामो समयदेखि पीडित बनिरहेका व्यवसायीहरु आयात फुकुवा भएपनि एलसी खोल्न नसकेर तनावमा छन् । तर, नयाँ सत्ता समिकरण बनेर विष्णु पौडेल अर्थमन्त्री बनेपछि उनीहरु उत्साहित बनेका छन् । 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा व्यवसायीका समस्या बुझ्ने व्यक्ति अर्थमन्त्री भएकाले अब व्यवसायिक क्षेत्रले निकास पाउने अपेक्षा निजी क्षेत्रले गरेको बताउँछन् । पदभार ग्रहण गर्नासाथ व्यवसायीहरूसँग छलफल गरेर अर्थमन्त्री पौडेलले निजीप्रति सकारात्मक सन्देश दिएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved