पुस २५ गतेदेखि चितवन महोत्सव: उद्यम र रोजगारीको पहल, फ्री वाईफाई सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 12:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

१४ औँ चितवन महोत्सव पौष २५ गतेबाट हुने भएको छ। उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढको नारायणी नदी किनारमा महोत्सव हुन लागेको हो ।

चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगायत समग्र आर्थिक सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रबर्द्धनमा टेवा पुयाउदै चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरसम्म पु-याउने उद्देश्यले महोत्सव हुन लागेको हो ।  संघले २०५३ साल देखि नै हरेक २ वर्षको फरकमा महोत्सव गर्दै आएको छ । 

 महोत्सव आयोजन मूल समितिले नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै माघ ४ गतेसम्म महोत्सव आयोजना हुने जानकारी गराएको हो । महोत्सवमा ४५० वटा स्टलहरू रहने छन् । महोत्सवका क्रममा पौष २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फुड फेष्टिबल सञ्चालन गरिने छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

आयोजकले महोत्सव अवलोकनको लागि ६० रुपैयाँ र विद्यार्थीको लागि ३० रुपैयाँ शुल्क तोकिएको छ । महोत्सव सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति गठन गरेर काम भईरहेको संघले जनाएको छ  । 

संघका अनुसार महोत्सवमा कलात्मक प्रवेशद्वार राखिनुका साथसाथै महोत्सव परिसरमा कलात्मक आकृतिहरु निर्माण गरिनेछन् । वाह्रय सुरक्षाका लागि स्थानिय प्रशासन संग समन्वय गर्दै आन्तरिक सुरक्षाका लागि सुरक्षागार्डको उचित व्यवस्था गरिएकोछ भने महोत्सव परिसर २४ सै घण्टा सिसिटिभिको निगरानीमा रहनेछ । 

 प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि महोत्सव परिसरमा फ्री वाईफाईको ब्यवस्था गरिएको समेत संघले जनाएको छ । यस बर्ष नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्ट अपलाई जोडदिँदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम रहेको संघले उल्लेख गरेको छ। उक्त तथ्यांक संकलन पश्चात संघमा स्थापना गरिएको रोजगारत तथा ब्यवसाय सूचना केन्द्र मार्फत रोजगारिका लागि पहल गर्नेका साथसाथै आवश्यक सिप तथा तालिम संचालन गर्ने योजना रहेको पनि आयोजकले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved