'शिवमसँग उपहार टन्न’ योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 06:28:15 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टद्वारा “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्र पहिलो चरणमा सम्पन्न भएको छ। पहिलो महिना उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरिएको हो।

शिवम् सिमेन्टले यहि मंसिर १८ गते देखि यो उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि दुईसय देखि देखि ५ सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो।

कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहक महानुभावहको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्का बापत बाग्मती–पोखरा क्षेत्रबाट राजकुमार घिसिङ र उपत्यका बाहिरबाट फेवा कन्ष्ट्रक्शनका दुई भाग्यशाली जोडिले थाइल्यान्ड भ्रमण अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत सुदिप कार्की, कविता श्रेष्ठ, बाबुराम घिमिरे तथा समानन्तर निर्माण सेवाका ४ जोडी विजेताले  हेलिटुर पुरस्कार वापत जितेका छन ।

तेस्रो पुरस्कार अन्र्तगत ६ जना वालकृष्ण मिश्र, पुरुषोत्तम रेग्मी, जेशना कोण्डा, रामधनु राई, जानुका कार्की तथा राजन गुप्ताले आधा केजी चाँदी  उपहार प्राप्त गरेका छन् ।  चौथो वापत पुरस्कार  ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहक वर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत सियोर सर्ट पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजी चाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

यो उपहार योजना मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । स्क््रयाच कुपन मार्फत हात खाली नजाने पक्का उपहार अन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीको लागि सम्पर्क गरी शिवम् सिमेन्टको विक्री कार्यालयहरूबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकहरुलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ ।

शिवम् सिमेन्ट एक मात्र ओ.पि.सि सिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकहरु द्वारा रुचाईएको सिमेन्ट उद्योग हो ।

ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved