'आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 07:55:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका भनाइहरुलाइ जनमानसमा पुर्याउन इकोनोमिक मिडिया क्षेत्रसंग सम्वन्धित लगानीकर्ता तथा संचारकर्मीहरुको अहं भूमिका रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई स्वागत गर्दै चेम्बरका अध्यक्ष मल्लले  इकोनोमिक मिडिया क्षेत्रसंग सम्वन्धित लगानीकर्ता तथा संचारकर्मीहरुको भूमिकाको चर्चा गरेका हुन् ।

 त्यस्तै सरकारले प्रतिवद्धता गरेका कतिपय सुबिधाहरु व्यवहारमा उपलब्ध हुन नसकेकाले यी प्रतिवद्धताहरु प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको अध्यक्ष मल्लले बताए । उनले आर्थिक एजेण्डामा समान दायित्व भएकोले हामी सहकार्य गर्दै अगाडी वढ्नु जरुरी भएको बताए। उनले आत्म निर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा रहेको उल्लेख गरे।

सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने , आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाइ सम्प्रेषण गर्ने उद्धेश्यले संस्थाको स्थापना भएको बताउदै संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरेका छन्। 

कार्यक्रममा  इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा, महासचिव नारायण पौडेल , सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरु मिलन खडका तथा  सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved