सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कंचनपुर पर्यटन महोत्सव हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 08:10:26 PM मा प्रकाशित

laxmi  sunrise bank

यहि फाल्गुन १ गतेबाट १४ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औधोगिक व्यापार मेला तथा  कंचनपुर पर्यटन  महोत्सव  हुने भएको छ । उद्योग वाणिज्य संघ कंचनपुरको योजनामा महेन्द्रनगरको खुल्लामञ्चमा फाल्गुन १ देखि १० गते सम्म  महोत्सव हुन लागेको हो ।

कंचनपुर जिल्लाको कृषि र  पर्यटन लगायत समग्र आर्थिक सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रबर्द्धनमा टेवा पुयाउदै कंचनपुरको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरसम्म पु-याउने उद्देश्यले महोत्सव गर्न लागेको उद्योग वाणिज्य संघ कंचनपुरले जनाएको छ । कोरोनाका कारण ३ वर्ष पछि कंचनपुर महोत्सव हुन लागेको संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिए । 

उपाध्यक्ष मल्लका अनुसार महोत्सवमा २१५ स्टलहरु रहने छन् ।  महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र ८ देखि १० करोड भन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए । आयोजकले महोत्सव अवलोकनको लागि ८० रुपैयाँ र विद्यार्थीको लागि ४० रुपैयाँ शुल्क तोकेको छ । 

आयोजकक अनुसार कृषिमा केरा खेति,फुलहरु र अन्य खाद्यान्न बस्तु साथै पर्यटनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज,झिल्मिला ताल,देवकोट ताल,झुलुंगे पुल दोधारा चाँदनी,लिंगा इत्यादी पर्यटकीयस्थललाई प्रवद्धन गर्ने उद्देश्य महोत्सवको रहेको छ । महोत्सवमा स्थानीय कला संस्कृतिलाई झल्काउने कार्यकम गर्ने साथै राष्ट्रिय स्तरको कलाकारहरुद्वारा मनोरञ्जन दिने संघले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved