स्किल सेवाको घर निर्माण तथा मर्मत सम्भार सुविद्या चितवनमा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 02:51:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ घर निर्माण, घर मर्मत सम्भार गर्ने स्किल सेवा प्रा लिले चितवनको लायन्स चोकमा शाखा उद्घाटन गरेको छ। चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको प्रमुख आतिथ्यतामा भरतपुर महानगर पालिका वडा नं. २ का वडाध्यक्ष मनोज राना, कान्तिपुर कलेजका प्राध्यापक श्याममणि कडेलको उपस्थितिमा शाखा उद्घाटन गरिएको हो। 

कार्यक्रम स्किल सेवा प्रालिका संस्थापक महेश तिमिल्सिना र कम्पनीका बजारीकरण तथा बिक्री विभाग प्रमुख सफल प्रधानले सहजीकरण गरेका थिए । स्किल सेवा प्रा लि का चितवन शाखा प्रबन्धक सौगात तिवारीले आफना भनाईहरु राख्दै आगामी दिनहरुमा  पनि साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए ।

स्किल सेवाका बजारीकरण तथा बिक्री विभाग प्रमुख प्रधानले चितवनमा १०० भन्दा बढी प्रि—बुकिङ्ग रहेको र उनीहरुबाट नै काम सुरु गरिने बताए। स्किल सेवाले घर निर्माण, घर मर्मत सम्भारको क्षेत्रमा विगत ५ बर्षदेखि काम गर्दै आएको हो ।

यसका अतिरिक्त स्किल सेवाले काठमाडौ उपत्यकाका ३ वटै जिल्ला र पोखरामा पनि सेवा प्रदान गरी रहेको छ । करिब १८ हजार भन्दा बढी घरहरुमा इन्सपेक्सन गर्नुका साथै ७ हजार भन्दा बढी घरहरुको मर्मत सम्भार गरिसकेको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved