रामेछाप महिला उद्यमी संघको अध्यक्षमा डम्बर कुमारी भण्डारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 09:59:57 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप महिला उद्यमी संघको अध्यक्षमा डम्बर कुमारी भण्डारी चयन भएकी छिन् । शनिबार मन्थलीमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा तारादेवी थापा, महासचिवमा सङ्गीता श्रेष्ठ र सचिवमा बोधकुमारी श्रेष्ठ र कोषाध्यक्षमा सङ्गीता अधिकारी चयन भएका छन् ।

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले संघको अधिवेशन उद्घाटन गर्दै महिलाहरूको उत्पादनशील काम गर्नुपर्ने बताइन् । उनले विकास र समृद्धिको लागि महिलाहरू सक्षम र उदाहरणीय बन्नुपर्ने पनि बताएकी छिन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved