ब्राजिल हिडे नेपालका यी ब्यापारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 03:44:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको टोली आजदेखि एक हप्ता बढी सम्मका लागि ब्राजिल भ्रमणमा गएको छ ।

यस संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल १६ फेब्रुअरी २०२३ देखि २४ फेब्रुअरी २०२३ सम्म ब्राजिल भ्रमणमा रहने भएको हो । 

१९ सदस्यको टोली, नेपाल र ब्राजिलबिचको व्यापारिक सम्बन्ध अझै थप उचाइमा पु–याउनका लागी ब्राजिलका सहर साओ पाउलो र रियो दि जेनेरियोको भ्रमणमा रहनेछन् । 

ब्राजिलियन राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले टोलीलाई विदाई गरेका छन् ।

उमेश रायमाझी र संयोजक नीरज तिमिल्सिनाको अगुवाइले भ्रमणलाई थप फलदायी बनाउने विश्वास गरिएको छ । प्रतिनिधिमण्डलमा नेपालका व्यापारी प्रतिनिधिहरू; विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी र निर्मल राज पौडेल छन् । 

भ्रमणको क्रममा, ब्राजिलका व्यापारी प्रतिनिधिहरू तथा ब्राजिलियन एसोसिएसन अफ होटेल इंडस्ट्रीजका उद्यमीहरूसँग भेटका साथै नेपाल र ब्राजिलबिचको व्यापार अवसरहरू खोज्न नेपाली टोली ब्राजिलका प्रमुख कम्पनीहरूको भ्रमण गर्नेछन् ।

यस्तो प्रतिनिधिमण्डलको नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved