उपत्यका निर्माण व्यवसायी संघमा चुनावी गर्मी, कृष्ण गौतमले सुनाए आफ्ना एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 05:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघमा चुनावी गर्मी बढेको छ । कृष्णप्रसाद गौतम र शान्तकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । 

गौतम बरिष्ठ उपाध्यक्ष हुँदै कार्यबाहक अध्यक्ष छन् । उनले आफू २५ वर्षदेखि क्रियाशील रहेको र आफ्नो योगदान पनि रहेकाले अझै बढी योगदानका लागि अध्यक्ष बन्न चाहेको बताएका छन् । बिजपाटी डटकमसँग संक्षिप्त कुराकानी गर्दै गौतमले सह–कोषाध्यक्ष, बरिष्ठ उपाध्यक्ष र कार्यबाहक अध्यक्ष हुँदा हाँसिल गरेको अनुभवलाई अध्यक्ष भएर लागू गराउन चाहेको बताए ।

साथै, उनले साना तथा मझौला निर्माण व्यवसायीहरुको हकहितका लागि नेतृत्वदायी भूमीका निर्वाह गर्ने र आर्थिक प्रशासनलाई चुस्त दुरुस्त राख्ने आफ्नो प्रमुख एजेण्डा रहेको भनेका छन् । 

‘म कार्यबाहक अध्यक्ष हुँदा संघमा बिजोक थियो, कर्मचारीले तलब पाएका थिएनन्, मैले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि तलब खुवाउन सफल भएको छु’ गौतमले भने, ‘कार्यबाहक अध्यक्ष भएपछि मैले आफ्नै खर्चमा संघको भवन रंगरोगन गरेको छु ।’

उनले आफू अध्यक्ष भएर आउनासाथ सदस्यहरुलाई क्षमता विकास सहितका तालिमहरु दिने उदेश्य रहेको पनि बताए । उनले संघमै कार्यालय व्यवस्थापन गरेर अधिवक्ता र अडिटर राख्ने प्रवन्ध पनि मिलाउने लक्ष्य रहेको सुनाएका छन् । 

संघको चुनावमा १६ सय मतदाता छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved